रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया     किन जाँदैछन् प्रधानमन्त्री अाेली गृहमन्त्रालय ?     पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली     बबी देवलको सर्ट खोल्ने प्रयास      कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु   
समाज

दारु भट्टी मै आगो ताप्छन प्रहरी सहायक निरीक्षक उमाशंकर गुप्ता



समाज   299 पटक पढिएको        

रौतहट, पुस २ जिल्लाका बिभिन्न स्थानमा अबैध मदिरा उत्पादन गर्ने भट्टी निर्वाध रुपमा संचालन भएको भएपनि नियन्त्रण तर्फ प्रहरी प्रशासनले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी प्रशासनको मिलेमतोमा जिल्लाका बिभिन्न स्थानमा संचालित अबैध मदिरा उत्पादन गर्ने भट्टीका कारण दैनिक जसो गाउघरमा मारपिटका घटना समेत बढदै जान थालेको छ ।

दारु भट्टी मै आगो ताप्छन प्रहरी सहायक निरीक्षक उमाशंकर गुप्ता


 जिल्लाका सिमावर्ती क्षेत्रका बिभिन्न गाउमा दैनिक हजारौ लिटर घरेलु मदिरा सेवनका लागि भारतीय ग्राहकको समेत चाप बढने गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाका बिभिन्न सिमावर्ती बजार तथा गाउहरुमा साझ नपर्दे भारतीय ग्राहकको मदिरा सेवनका लागि भिडलाग्ने गरेको राजपुर फरहदवाका एकजना स्थानीय बासिन्दाले बताए ।

जिल्लाको राजपुर फरहवा नगरपालिकामा हरिकिसुन साह ,रामबाबु साह ,रामजोधि साहले निर्वाध रुपमा दैनिक हजारौ लिटर घरेलु मदिरा उत्पादन गरेर बिक्रि बितरण गर्ने गरेका छन् ।

राजपुरमात्र नभएर जिल्लाका बिभिन्न सिमावर्ती बजारमा यसरी मदिरा उत्पादन गर्नेहरुले स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयका घुमुवाहरुलाई मासिक रकम दिने गरेको उनीहरुले हाकाहाकी बताउने गरेका छन् । ईलाका प्रहरी कार्यालय राजपुर फरहदवाका सई उमाशंकर गुप्ताले आफुले मासिक रकम नलिने गरेको र पटक पटक मदिरा उत्पादन गर्ने भट्टी तोड फोड गरेको बताए तर चिसो बढ्दै गए पछि कहिले काहीं आगो तापन जाने गरेको स्विकार्छन l
 
यता जिल्लाको ईसनाथ नगरपालिकाको मठियामा समेत आधा दर्जन मदिरा उत्पादन गर्ने भट्टी रहेको भएपनि स्थानीय प्रहरीको ध्यान जान नसकेको स्थानीय समाजसेवी पारसनाथ श्रीवास्तबले बताए । जिल्लाको परोहा नगरपालिकाको बसन्तपट्टी भेडियाहीमा समेत आधा दर्जनको हाराहारीमा अबैध मदिरा उत्पादन गर्ने भट्टी संचालनमा रहेका छन् ।

 जाडो याम सुरुहुना साथ रौतहटका सिमावर्ती बजारमा घरेलु मदिराको माग बढीहुने गरेको स्थानीय मदिरा व्यापारीको भनाई रहेको छ । नेपालको सिमावर्ती क्षेत्रमा उत्पादन हुने घरेलु मदिराको अधिकास ग्राहक भारतीयनै हुने गरेको स्थानीयको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका घुमुवाले दैनिक हजारौ लिटर मदिरा उत्पादन गर्ने भट्टी संचालकसंग मासिक रकम बुझने गरेको राजपुरमा भट्टी संचालन गर्ने राजु साहले हाकाहाकी बताए ।

रौतहटको सिमावर्ती बजारमा उत्पादन भएको घरेलु मदिरा पानी र तेलको बोतलमा हालेर बिहारका बिभिन्न बजारमा पु¥याईने गरिएको छ । सिलप्याक लादा भारतीय प्रहरीको चेकजाचमा पर्ने भएका कारण पानी र तेलको बोतलमा हालेर घरेलु मदिरा भारत जाने गरेको छ । भारतको बिहार राज्य सरकारले मदिरा सेवन तथा बिक्रि बितरणमा रोक लगाएपछि अहिले सिमावर्ती बजारमा रक्सी पसल खोल्नेको भिड लागेको छ ।
साझ पख सिमावर्ती रौतहटका बजारमा बिहारबाट मदिरा सेवन गर्न आउनेको भिड लाग्ने गरेका कारण सिमावर्ती बजारमा दैनिक जसो झै झगडा हुने गरेको छ । घरेलु मदिराका कारण राज्यले सिमावर्ती क्षेत्रबाट ठुलो धनराशी राजश्व गुमाउदै आएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2180506 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top