रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
अन्तर्राष्ट्रिय

जेरुसलेमबारे ट्रम्पको घोषणा विरुद्ध सुरक्षा परिषद्‌मा प्रस्ताव



अन्तर्राष्ट्रिय   62 पटक पढिएको        

पुस २ राष्ट्रसंघको सुरक्षा परिषद्‌मा एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे गरिएका निर्णय खारेज गर्नुपर्ने माग सहितको एउटा मस्यौदा प्रस्ताव पुगेको छ।

जेरुसलेमबारे ट्रम्पको घोषणा विरुद्ध सुरक्षा परिषद्‌मा प्रस्ताव


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जेरुसलेमलाई इजराइलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि इजिप्टले यस्तो प्रस्ताव गरेको हो।

लामो समयदेखिको अमेरिकी नीति उल्टाउँदै गरिएको उक्त घोषणाले व्यापक रुपमा अन्तर्राष्ट्रिय तहबाट आलोचना खेपिरहेको छ।

उक्त मस्यौदा प्रस्तावले सदस्य राष्ट्रहरुलाई जेरुसलेममा दूतावास नखोल्न अनुरोध गर्नुका साथै एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे लिइएका निर्णयले कानूनी मान्यता नपाउने र त्यो खारेज हुनुपर्ने माग गरेको छ।

यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायललको राजधानीको मान्यता दिएपछि त्यसको अन्तराष्ट्रिय स्तरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो।

त्यसपछि अरब देशहरुका विदेशमन्त्रीहरुले सुरक्षा परिषदमा प्रस्ताव लैजाने निर्णय गरेका थिए।

यी प्रस्तावबारे अर्को हप्ताको सुरुसम्ममा मतदान हुनसक्ने ठानिएको छ।

व्यापक समर्थन पाएपनि यी प्रस्ताव विफल बनाउन अमेरिकाले भिटो भनिने सुरक्षा परिषदमा रहेको आफ्नो विशेषाधिकार प्रयोग गर्ने निश्चित जस्तै छ।

प्रकाशित २ पुस २०७४, आइतबार | 2017-12-17 11:46:38









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507777 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top