बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ /* - - - Script for Auto Navigation - - - */

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

मुम्बई, मंसिर २५


यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए ।जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् ।


 प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी दिए । विकासको बिरुद्ध महिलामाथी आपराधिक आक्रमण गरेको अभियोगमा प्रहरीले मुद्दा दर्ता गराएको छ ।

त्यसो त विस्तारा एअरलाइन्सले जायरासँग माफी माग्दै उक्त घटनामा प्रहरीलाई सहयोग गर्ने बताइसकेको छ ।

मुम्बई एअरपोर्टमा पुगेपछि जायराले एक भिडियो सार्वजनिक गर्दै आफ्नो सिटभन्दा पछाडि बस्ने एक पुरुषले दुई घण्टासम्म तनाव दिएको उल्लेख गरेकी छिन् । ती पुरुषले १० मिनेटसम्म आफ्नो पैतालादेखि कम्मर हुँदै गर्दनसम्म सुम्सुम्याएको आरोप जायराले लगाएकी छिन् । उनले भनेकी छिन् ‘के यस्तै घटनाले किशोरीहरुको रक्षा हुन्छ ?’




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866290 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top