बिहान ७ बजे देखि ११ बजेसम्ममा लगभग २५ प्रतिशत मतदान खसे - निर्वाचन आयोग /* - - - Script for Auto Navigation - - - */

बिहान ७ बजे देखि ११ बजेसम्ममा लगभग २५ प्रतिशत मतदान खसे - निर्वाचन आयोग

मंसिर २१


४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि आयोगले बताएको हो।


आयोगका प्रवक्ता नवराज ढकालले  सातवटै प्रदेशमा ११  बजेसम्म २५ प्रतिशत मत खसेको बताए। अहिलेसम्म मतदान शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको ढकालले नेपालखबरलाई जानकारी दिए।
७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ।
दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान गर्दैछन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचार मतदान केन्द्रमा खटाएको छ।
आज भइरहेको प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865673 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top