मतदानपछि देउवाले भने: ‘ओलीजी त अझैपनि ‘देउवाले चुनाव सार्छन्’ भनिरहनु भएको होला /* - - - Script for Auto Navigation - - - */

मतदानपछि देउवाले भने: ‘ओलीजी त अझैपनि ‘देउवाले चुनाव सार्छन्’ भनिरहनु भएको होला

डडेलधुरा, मंसिर २१


प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्।




‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’

निर्वाचन सफलतापूर्वक भएको भन्दै निर्वाचनपछि पनि कांग्रेसकै सरकार बन्ने दावी गरे। ‘कांग्रेसकै बहुमत आउँछ र म नै प्रधानमन्त्री बन्छु’ देउवाले भने, ‘कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन।’

देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदा गरेका हुन्। मतदानका लागि देउवा सदरमुकामबाट हेलिकोप्टरमा आफ्नो गाउँ पुगेका थिए।

जिल्ला सदरमुकामबाट २१ किमी टाढा रहेको सो विद्यालयमा प्राथमिक तहसम्म अध्ययन गरेका थिए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113864 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top