काँग्रेस-राजपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीद्वारा ४ राउन्ड फायरिङ /* - - - Script for Auto Navigation - - - */

काँग्रेस-राजपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीद्वारा ४ राउन्ड फायरिङ

सर्लाही, मंसिर २१


प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा सर्लाहीमा नेपाली काँग्रेस तथा राजपा कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको छ।



सर्लाही क्षेत्र नं. २ को कौडेना गाउँपालिका—२ जनता मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्ष आक्रमणमा उत्रिएका हुन्।

विवादले उग्र रुप लिने देखिएपछि सुरक्षाकर्मीले फायरिङ खोलेका हुन्। अहिलेसम्म चार राउन्ड फायरिङ भएको छ। स्थिति नियन्त्रणमा लिएर मतदान पुनःसञ्चालन गर्न प्रयास भइरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले नेपालखबरलाई जनाए।

 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865675 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top