बामका भगत र भिखारी यादवलाई जिताउन मेधशी जनता आतुर /* - - - Script for Auto Navigation - - - */

बामका भगत र भिखारी यादवलाई जिताउन मेधशी जनता आतुर

जितेन्द्र कुमार । रौतहट, २० मंसिर


रौतहट सदरमुकाम गौर स्थित विकासका ठुला ठुला पुर्वाधारहरु २५ वर्ष देश चलाउने जिम्मा पाएको नेपाली काग्रेसले नगरेको प्रत्यक्ष देखन सकिन्छ, पछिलो पटक बनेको एमाले र माओवादी सरकारले नै रौतहट सदरमुकामलाई नै महेन्द्र राजमार्ग संग जोडने ४२ किलोमिटर सडक कालोपत्रे सुरुवात भएको हो ।


यसरी नै क्षेत्र नं. १ मुडवलवा स्थित गरिब छोरीहरुको लागि नर्सिङ्ग कलेज पनि बामले नै स्थापना गरेको अर्को एउटा उधारनिय योगदान रहेको छ । क्षेत्र नं. १ लाई जोडने पुल तथा कृषि पेशामा अधारीत किसानहूरुलाई ब्याज फुक्का गराउने काममा पनि बामले नै गरेको एक किसान किशोरी झा बताउछन् ।

यसरी विकासका भक्त भगत र भिखारी यादवलाई जिताउन यति खेर मधेशी किसान, बैद्धिक वर्ग, यूवा लगायत सबै वर्ग भोली हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा हुमिएर लागेका छन् । अर्का तिर बारमवार जातीय भोटबाट जितेका नेपाली काग्रेसका कृष्णा यादव यस पालि पनि यादब कै भोटको बलमा जितन गाउँ–गाउँ पुगे पनि उनको हल्ला उनकै गल्ला तर भोट भने बाममा हान्ने एक सर्वसधारण बताउ छन् ।

मधेशी जनता अब दारु र मासुमा बिक्री नहुने उल्टो मासु पनि खाने दारु पनि खाने तर भोट भने रौतहट क्षेत्र नं. १ विकास गर्ने बाम नेताहरुलाई नै भोट दिने कुरा रौतहट अनलाईनलाई बताउ छन् । यसरी नै प्रदेश सभाको लागि नेपाली काग्रेसबाट उठेका नागेन्द्र साह नत कुनै राजनितिमा लागेका चर्चित व्यक्ति हुन नत कुनै समाज सेवी हुन उनी ठेक्का पट्टा गर्ने एक ठेकेदार रहेकोले उनलाई जिताउन भन्दा बामका उम्मेदवारी भिखारी यादवलाई जिताउनुनै बिकास प्रेमीको जित हुने छ भन्छन् सुरेश चौधरी ।

आफु ठेक्का पट्टा गरेर आएको पैसाले रौतहट क्षेत्र नं. १ लाई बिकास गर्छु भन्दै घरदैलो गर्दै हिडेपनि मधेशी जनताले यसता नकली नेतालाई भोली २१ गते ब्यालेट मार्फत तह लगाउने आम मधेशी जनताले रौतहट अनलाईनलाई बताएका छन् ।  



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865691 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top