२ नं. प्रदेशमा फोरम र राजपाको सरकार बन्नेछ - यादव /* - - - Script for Auto Navigation - - - */

२ नं. प्रदेशमा फोरम र राजपाको सरकार बन्नेछ - यादव

राजविराज, मंसिर १८


उम्मेदवारी दर्ता गराएदेखि नै दवाबमा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुन्य समयको अघिल्लो दिन प्रसन्न मुद्रामा देखिए ।



सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका यादव खुशी मात्रै देखिएनन्, राम्रोसँग जित्ने विश्वास समेत व्यक्त गरे ।

सोमबार बिहान पत्रकारहरुसँग सदरमुकाम राजविराजमा भेटघाट गर्दै अध्यक्ष यादवले भने, ‘मेरो प्रतिस्पर्धी समेत कोहि हुने छैनन् । म राम्रोसँग जित्न गइरहेको छु ।’

यादवले जनताले आफूलाई धेरै माया गरेकाले बिना प्रतिस्पर्धीकै आफूले जीत हात पार्ने बताए । उनले भने, ‘धनुषा क्षेत्र नम्बर ३ मा पनि मधेशी गठबन्धनकै उम्मेदवार राजेन्द्र महतो जित्ने पक्का छ ।’

उनले प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत आउने दाबी गरे । ‘यो प्रदेशमा फोरम र राजपाको सरकार बन्नेछ’ यादवको दाबी छ ।

२ नम्बर बाहेक अन्य प्रदेशमा पनि मधेसी जनताले मधेसवादी दललाई नै मत दिने बताउँदै उनले आफूहरुले उल्लेख्य सिट ल्याउने बताए । ‘प्रतिनिधि र प्रदेशसभामा पनि हाम्रो सम्मानजनक स्थान आउँछ’, अध्यक्ष यादवले भने, ‘हामी मजबुत अवस्थामा रहन्छौं ।’

यद्यपि मधेसी गठबन्धनले कति सिट जित्ने ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘अहिले संख्यामा नभनौं, पछि हेरिहाल्नुहुन्छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113852 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top