रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

आज राती १२ बजेबाट दोस्रो चरण निर्वाचनका लागि मौन अवधि सुरु हुने



राजनिति   183 पटक पढिएको        

मंसिर १८ प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन्

 आज राती १२ बजेबाट दोस्रो चरण निर्वाचनका लागि मौन अवधि सुरु हुने


डडेलधुराबाट प्रतिनिधिसभा सदस्यदका लागि उम्मेदवार बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृहजिल्लाको चुनावी कार्यक्रममा सहभागी हुँदै छन्। केही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली–कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए।

त्यस्तै चितवन ३ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन्। उनलाई त्यहाँका चुनावी कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामबहादुर थापाले पनि सहयोग गर्नेछन्। थापा पनि तीन दिनयता चितवनमै केन्द्रित छन्। थापा सोमबार चितवन महानगरको वडा नम्वर १६, २६ र २२ का चुनावी कोणसभा, कार्यकर्ता भेटघाटलगायतमा सहभागी हुनेछन्।

ओली काठमाडौँमै
झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन्। उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। ओली आज बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन्।

विराटनगर र चितवन ३ अन्तर्गत पर्ने माडीको चुनावी सभामा आइतबार सहभागी भएका ओलीले आफ्नो क्षेत्रको प्रचारका कार्यक्रम सिध्याइसकेका छन्। उनी मंगलबार मात्रै झापा पुग्नेछन् तर सोही दिन उनको काठमाडौं फर्कने कार्यक्रम छ। ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने भएकाले आफ्नो क्षेत्रमा हुने छैनन। उनीले आफैलाई मतदान गर्न पाउने छैनन्।

त्यस्तै एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र केन्द्रित हुँदै छन्। नेपालले बिहान कागेश्वरी मनोहरा ७ मा घरदैलो कार्यक्रम राखेका छन् भने दिउँसो कोटेश्वरमा चुनावी सभाको कार्यक्रम राखेका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँकै चुनावी कार्यक्रममा हुनेछन्। कांग्रेसले तनहुँको दमौलीमा आज चुनावीसभा आयोजना गरेको छ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366659 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top