रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

‘चुनाव भाँड्न नसकेपछि बम आतंक’ - अध्यक्ष ओली



राजनिति   22 पटक पढिएको        

काठमाडौँ १७ मंसिर -एमाले अध्यक्ष केपी ओलीले निर्वाचन भाँड्न नसकेपछि बम आतंक मच्चाइएको आरोप लगाएका छन् । उम्मेदवारलक्षित शृंखलाबद्ध बम विस्फोटका घटना निर्वाचनविरोधी तत्त्वले मतदाता त्रसित बनाउन मात्र गराएको उनले बताए ।

‘चुनाव भाँड्न नसकेपछि बम आतंक’ - अध्यक्ष ओली

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति उदयपुरले शनिबार गाईघाटमा गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बम पड्काउनुलाई पुतलीको खेलौना नठान्न आग्रह गरे ।

‘बम पड्किँदैमा लटरम्म धान नफल्ने भएकाले हिंसाको राजनीति त्यागेर निर्वाचनलाई सहयोग गर्नुस्,’ ओलीले भने । उनले देशमा स्थिरता कायम राख्न वाम तालमेल अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देश विकासका लागि स्थिर सरकार वर्तमानमा आवश्यक भएको बताए । ‘समृद्ध नेपाल निर्माणका लागि चुनावपछि पार्टी एकीकरण गर्ने गरी अहिले वाम तालमेल गरिएको हो,’ उनले भने ।

कांग्रेसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले दुई तिहाइको सरकार बनाउँदासमेत कांग्रेसले मुलुक समृद्धशाली बनाउन नसकेको आरोप लगाए । ‘लोकतन्त्रको नाममा कांग्रेसले लुटतन्त्र मच्चाएको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘लुटतन्त्रलाई रोक्न वामपन्थी एकता गर्छु भन्दा कांग्रेस अत्तालिएको छ ।’ उनले निर्वाचनपछि सामाजिक सुरक्षा भत्तालाई २ हजारबाट बढाएर ५ हजार पुर्‍याउने उद्घोष गरे । ‘सेना, प्रहरी, कर्मचारीको २५ प्रतिशत तलब कसले वृद्धि गर्‍यो,’ प्रश्न गर्दै उनले भने, ‘अशक्त, असहाय, वृद्धवृद्धा, बेसहरालाई माया गर्ने वामपन्थी मात्र हो ।’

‘तपाईंले चाहेको लोकतन्त्र एमालेले दिन्छ’

एमाले अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहबीमा आयोजित सभामा पनि प्रदेश र केन्द्रमा वामपन्थी सरकार बन्ने उद्घोष गरे । शेरबहादुर देउवा नेतृत्वको सरकार नै कांग्रेसको अन्तिम भन्दै उनले चुनावमा प्रहरी प्रशासनलाई सत्तारूढ दलप्रति बफादार नहुन चेतावनी पनि दिए । उनले वर्तमान सरकार नेपाली कांग्रेस र देउवाको अन्तिम भएको दाबी गनि गरे । धाँधली हुन सक्ने र बुथ क्याप्चर हुने कुरा एमाले उम्मेदवार भगवती चौधरीले मन्तव्यका क्रममा बोलेपछि त्यसलाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘प्रहरी र प्रशासनले संविधान र कानुनप्रति बफादार हुने हो, अरू कसैप्रति होइन ।’

उनले एमालेको राजनीति परिवार बनाउन र धन कमाउन नभएको दाबी गर्दै राजनीति, विकास, गरिबी निवारण र मुलुक बनाउनका लागि भएको दाबी गरे । ‘तपाईंले चाहेको लोकतन्त्र ल्याउने पार्टी एमाले हो र एमाले जहिले पनि लोकतन्त्रको पक्षमा छ,’ उनले भने, ‘प्रजातन्त्रलाई दरबारमा बुझाउनेहरूले आफूहरूलाई लोकतन्त्रका बारेमा बुझाउन आवश्यक नरहेको बताए ।’

सुनसरी ३ को दुहबीमा आयोजित एमाले सभालाई सम्बोधन गर्दै ओलीले देशलाई विकासको बाटोमा हिँडाउने अभिभारा एमालेको काँधमा रहेको बताए । उनले चौधरीलाई जिताउन पनि मतदातालाई आग्रह गरे । गच्छदारलक्षित गर्दै ओलीले भने, ‘दसवटा घाटको पानी खाएर चहार्दाचहार्दा गलेर बूढो रूखको सयलमा विश्राम लिन आउनेलाई म केही भन्दिनँ ।’

उनले पूर्वपश्चिम राजमार्ग चार लेनको हुने, त्यसभन्दा तलतिर रेलमार्ग र त्योभन्दा तल हुलाकी राजमार्ग निर्माण गरिने बताए । ओलीले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा जोड दिए । जनताभन्दा बलियो कोही नभएकाले जनताको पक्षमा सुरक्षाकर्मीले काम गर्नुपर्नेमा जोड दिए ।

उम्मेदवार चौधरीले विकास र रोजगारीका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।











सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272937 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top