रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

देशको भलो नचिताउनेहरुले बहुराष्ट्रको नारा दिए: ओली



राजनिति   22 पटक पढिएको        

विराटनगर, मंसिर १७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भलो नचिताउने पार्टीहरुले बहुराष्ट्रको नारा दिएको बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उनले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरका यस्ता पार्टीसँग राष्ट्रियस्तरका पार्टीले तालमेल गर्न पुगेको बताए।

देशको भलो नचिताउनेहरुले बहुराष्ट्रको नारा दिए: ओली


नेता ओलीले भने, ‘एउटा शासन व्यवस्था, राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र हो।’

अध्यक्ष ओलीले सुशासन, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गरे।

संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहुँच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँदै उनले एमालेले नै क्षेत्रीयवादी वैमनश्यता हटाई राष्ट्रिय एकता कायम राख्ने दाबी गरे।
अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै, पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक र विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गरे।

उनले पञ्चायत कालमा हत्या गरिएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, राम लक्ष्मणलाई आफ्नो नेतृत्वमा बनेको सरकारले नै सहीद घोषणा गरेको स्मरण गरे।

चुनावी सभामा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले नेपाली काँग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो सहरबाट छैठौं सहरमा पु¥याएको आरोप लगाउँदै प्रदेश नं १ को राजधानी विराटनगर नै हुने बताए।

सभामा नेकपा माओवादी केन्द्रका लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तर विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे। रासस










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271532 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top