कांग्रेसले हार स्वीकार गरिसक्योः माधव नेपाल /* - - - Script for Auto Navigation - - - */

कांग्रेसले हार स्वीकार गरिसक्योः माधव नेपाल

मंसिर १७


नेकपा एमालेका नेता माधवकुमार नेपालले यो चुनावमा कांग्रेसले हार स्वीकार गरिसकेको बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको अन्र्तक्रियामा नेता नेपालले वाम तालमेलपछि कांग्रेसमा भुइँचालो गइसकेको दाबी गरे। ‘कम्युनिष्ट शासन आए रुन पनि पाइँदैन, कम्युनिष्टले अधिनायकवाद ल्याउँछन् भन्नु हार स्वीकार गर्नु हो,’ नेपालले भने।

‘वाम तालमेलले कांग्रेसमा भूइँचालो गएको छ,’ उनले थपे।

विगतमा तीन पटक बहुमत पाएर पनि कांग्रेसले त्यो बहुमत कहिल्यै जोगाउन नसकेको बताउँदै नेपालले सो पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको पनि दाबी गरे।

नेता नेपालले वाम दल पहिलो पटक बहुमतको सरकार बनाउने संघारमा पुगेको पनि बताए। उनले वामपन्थीहरुसँग ६५ प्रतिशतभन्दा बढी जनमत रहेकोले प्रदेश तथा प्रतिनिधिसभामा सहजै बहुमत आउने पनि बताए।

सोही कार्यक्रममा नयाँ शक्तिबाट काठमाडौँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका थिए। उनलाई नेता नेपालले पार्टीमा स्वागत गरे।

सिंखडाले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईमा सैद्दान्तिक विचलन आएको दाबी गरे।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787668 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top