सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित हुँदैनः प्रधानमन्त्री /* - - - Script for Auto Navigation - - - */

सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित हुँदैनः प्रधानमन्त्री

कैलाली, मंसिर १५


प्रधानमन्त्री शेरबहादुर देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताएका छन्। शुक्रबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापतिसमेत रहेका देउवाले केही अराजक तत्वले निवाएचन भाँड्न यस्ता गविविधि अगाडि बढाएको भन्दै उनले त्यस्ता तत्वलाई कानुपनी कठघरामा उभ्याउने दावी गरे।



उनले निर्वाचनलाई लक्षित गरेर केही तत्वले विभिन्न घटना घटाएको भन्दै सरकार यस विशषमा संवेदनशील रहेको बताए।

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउावले कतिय स्थानमा बिस्फोट गराउनेहरु पक्राउ परेको जानकारी दिँदै यस प्रकारका गतिविधि गर्नेलाई नियन्त्रणमा लिने बताएका छन्।

सरका जनताको शन्ति सुरक्षा गर्न सक्षम रहेको भन्दै उनले ढुक्क भएर मतदान गर्न समेत आग्रह गरे।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनका कांग्रेसले स्पष्ट बहुमत ल्याउने दावी गरेका छन्। उनले भने, ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउँछ, यसमा शंका नगर्नुहोस्, ढुक्क भएर मतदान गर्नुहोस्।’

प्रधानमन्त्री देउवाले आफू निर्वाचनको अवसरमा देशभर पुगेको र कांग्रेसको पक्षमा देखिएको माहोलले उत्साहित भएको बताए। उनले भने, ‘ ‘निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस्।’

चुनावी अभियानमा सुदूरपश्चिम आइपुगेका प्रधानमन्त्री देउवाले आजै अछाम र डोटीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113825 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top