रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन्



समाज   23 पटक पढिएको        

रौतहट, १२ मंसिर सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न तथा तरकारी खरिद गर्न गौर मेरीस्टोभ प्रभु बैक नजिकको बजारमा आइपुगेका जितन सहनी टिकुलीया–४ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ७५ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो ।

नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै, कहिले सुधरिएन्

 उहाँले २०१५ सालको भोट खसालेको मट्टितेलको टिनको बाकस सम्झिदै भन्नुभयो ‘अहिले जस्तो अरुले दिएका बाकस हुँदैनथे अनि सिल भन्ने पनि देखिएन ।’
उहाँकै भनाईमा उमेरले ४ बिस नेटो काटिसक्यो, दुई काल र दुई तन्त्र भोगिसक्दा पनि देशले फड्को भने मार्न सकेन । दुईकाल राणाकाल र पञ्चायतकाल अनि दुई तन्त्र प्रजातन्त्र र गणतन्त्र हुन् । नेताहरू भोट माग्दै आएर विकास र समृद्धिका कुरा गर्दा अब त केही हुन्छ कि भन्ने आशा पलाउँदो रैछ । जोसिलो पारामा अमात्यले भन्नुभयो, ‘तर बचन अनुसारको काम भएको छैन तैपनि चुनाव हो भोट हालेर अधिकारको सदुपयोग गर्नुपर्छ ।’

अहिले पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको चुनाव भैसकेको छ भने दोस्रो चरणमा ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ । स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा चुनावले यो वर्ष चुनावी वर्ष भएको छ । एकै वर्ष तीन चुनावमा सहभागी हुँदै गर्दा उ बेलाको चुनाव र अहिलेको चुनावमा पाकापुस्ताको आफ्नै खाले अनुभव छ ।


अहिलेजस्तो संरचना थिएन भने ठाउँ विशेष वा पूर्व–पश्चिम, उत्तर, दक्षिण गर्दै क्षेत्र छुट्याइएको थियो । उति बेला फलानो दिन भोट हाल्ने हो सबै काम सकेर आउनु भन्थे । गाउँलेहरू जमघट भएर मतदान केन्द्रमा पुग्थे । तर अहिले जस्तो प्रचार र घरदैलो भने हुँदैनथ्यो । २०१५ सालमा बाटोघाटो, पुलपुलेसा, टोल तथा बस्तीमा धाराकुवा, कुलोको माग गरिएको थियो । नेता उहिलेका न अहिलेका सबै उस्तै हुन् ।
यसो भनिरहँदा उहाँका आफ्नै तर्क छन् । अहिलेसम्म नागरिकलाई ढाँट्ने मात्रै काम भयो । अहिले चुनावी प्रक्रियामा धेरै भिन्नता आइसकेको छ । तर उबेला पनि नेताले आश्वासन दिन्थे अनि अहिले पनि दिइरहेका छन् ।
माधव नेपाल, अनिल कुमार सिंह, बबन सिंह, बाबुलाल साह, योगेन्द्र यादव, सत्यनारायण भगत, भिखारी यादव लगायतका नेता पनि उसतै देखेको छ र पहिलेको नेता पनि उसतै छ नेताहरु कहिलै सुधरिएन ।










सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288549 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top