लगनखेलमा ओलीले बोल्नै लाग्दा बम बिस्फोट /* - - - Script for Auto Navigation - - - */

लगनखेलमा ओलीले बोल्नै लाग्दा बम बिस्फोट

ललितपुर, मंसिर १२


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा ललितपुरको लगनखेलमा बम बिस्फट भएको छ। मंगलबार ललितपुरको लगनखेलमा आयोजित वाम चुनावी सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष ओलीलाई उद्घोषकले सम्बोधनका लागि बोलाउँदै गर्दा सभास्थल नजिकै बम बिस्फोट भएको हो।



बम विस्फोट भएको स्थान कार्यक्रम स्थलभन्दा ४ सय मिटरको दूरीमा रहेको नमूना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो।

बिस्फोट भए पनि कुनै क्षति भने नभएको सभास्थलमा रहेका हाम्रा संवाददाता मनोज खतिवडाले जानकारी दिएका छन्।

बम विस्फोटपछि कार्यक्रमलाई सम्बोधन गर्न सुरु गरेका अध्यक्ष ओलीले बमकै प्रसंगबाट सम्बोधन सुरु गरेका छन्। बम पड्काउनेहरुप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन्। ‘बम किन पड्काको? कहाँ पुग्न पड्काको?’ बम पड्काउनेहरुप्रति प्रश्न गर्दै उनले भने, ‘राजा ल्याउनु प¥यो कि अब?’

सभालाई अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113848 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top