कांग्रेस न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहन्छ: नवराज सिलवाल /* - - - Script for Auto Navigation - - - */

कांग्रेस न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहन्छ: नवराज सिलवाल

मंसिर १२


वाम गठबन्धनका तर्फबाट ललितपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले कांग्रेसले न्यायपालिका खण्डित गरेर जनताको शोषण गर्न चाहेको आरोप लगाएका छन्। लगनखेलमा आयोजित चुनावी सभामा सिलवाल कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले कांग्रेसलाई देशबाटै विस्थापित गर्नुपर्ने बताए।



‘हामीले कांग्रेसलाई २०४७ सालदेखि झेल्दै आएका छौँ। २३ वर्ष बेहोर्यौँ अब हामी देखाउन चाहन्छौँ विकास कसरी गर्ने भनेर,’ सिलवालले भने, ‘उहाँहरु ५ वर्ष सत्ता बाहिर बसेर हामीले गरेको विकास हेर्न तयार भएर बस्दा हुन्छ।’

कांग्रेसले भ्रष्टाचार गर्नुपर्छ, लुट्नुपर्छ भन्ने अधिनायकवादी सोच र कार्यशैली बोक्ने आरोप लगाउँदै सिलवालले भने, ‘न्यायपालिका खण्डित गरेर जनतालाई शोषण गर्न चाहन्छ कांग्रेस, गाउँ र सहरलाई खण्डित गरेर आफ्नो महल ठड्याउन चाहन्छ कांग्रेस।’

‘बिपी र गणेशमान हुँदा काङ्ग्रेस लोकतान्त्रिक थियो, हामीले सहयोग गर्यौँ तर अब कांग्रेस अधिनायकवादी छ, हामीले विस्थापित गर्नुपर्छ,’ सिलवालले थपे।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113841 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top