रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
देश

गोरखामा मतपेटिका राखेको कोठामा तीन ओटा ताल्चा, बाहिर काँडेतार



देश   5 पटक पढिएको        

गोरखा, मंसिर १२ बन्दुक बोकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २४ सै घण्टा सुरक्षा दिनेगरी मंसिर २१ गतेसम्म गोरखाको मतपेटिका सुरक्षित राखिने भएको छ। मतपेटिका भण्डारण गरेको कोठामा तीन वटा ताल्चा लगाइएको छ भने बाहिर काँडे तारको बार लगाइएको छ।

गोरखामा मतपेटिका राखेको कोठामा तीन ओटा ताल्चा, बाहिर काँडेतार

स्थानीय प्रशासन, दलहरु र निर्वाचन अधिकृतको कार्यालयले एउटै ढोकामा छट्टाछुट्टै तीन वटा ताल्चा लगाएका छन्। एकआपसमा ताल्चालाई लाहाछाप लगाइएको छ भने ताल्चा खोल्ने साँचो पनि स्थानीय प्रशासन, दल र निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरले राखेका छन्। मतपेटिका राखिएको क्षेत्र वरपर निगरानी गर्ने गरी दलका प्रतिनिधि बसेका छन्। 

मतपेटिका साटिनसक्ने भय र अनुमानका बीच कडा सुरक्षाका साथ मतपेटिका कोठाभित्र भण्डारण गरिएको छ। क्षेत्र नं. १ को मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको महिला तथा बालबालिका कार्यालयको एउटा कोठामा राखिएको भने क्षेत्र नं. २ का मतपेटिका जिल्ला समन्वय समितिको माथिल्लो सभा हलमा भण्डारण गरिएको छ।

मतपेटिका थन्क्याइएको कोठामा लगाइएको ताल्चा

मतपेटिका थन्क्याइएको कोठामा लगाइएको ताल्चा

मंसिर १० गते पहिलो चरणमा गोरखासहित देशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन सकिएको थियो। दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन भएपछि मात्रै पहिलो चरणमा निर्वाचन भएका मतदान केन्द्रहरुको पनि मतगणना सुरु गरिनेछ।

गोरखाका २८२ मतदान केन्द्रका ८४६ वटा मतपेटिका सुरक्षित भण्डारण गरिएको हो। २८ मतदान केन्द्रका ८४ वटा मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको थियो भने अरु मतपेटिका ट्रक, बसलगायत सवारीबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271484 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top