रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

कम्युनिस्टले बहुमत ल्याए भने अर्को चुनाव नै हुँदैनः प्रधानमन्त्री



राजनिति   2 पटक पढिएको        

तेह्रथुम, मंसिर ११ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने दावी गरेका छन्।

कम्युनिस्टले बहुमत ल्याए भने अर्को चुनाव नै हुँदैनः प्रधानमन्त्री

 यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताए।

सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्।’

वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ। ‘नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ।’

उनले कांग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिस्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाए। प्रधानमन्त्री देउवाले कम्युनिस्टहरुले जनतालाई बुटमुनि राखेर दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे।

उनले कांग्रेसले २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिस्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई ब्यूँताउन खोजेको आरोप लगाए। प्रधानमन्त्री देउवाले कम्युनिस्ट शासन संसारबाटै समाप्त भइसकेको दावी गरे।
प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेत्री सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गरे।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाए। नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताए।

‘‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन’, वरिष्ठ नेता पौडेलले भने।

उनले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिस्टहरुसँग अब नेपाली जनता नझुक्किने बताए। संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई उनले आग्रहसमेत गरे। नेपाली कांग्रेसले गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्बन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाइ दशकसम्म जिल्लाको ताला चाँबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताइन्। उनले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचितभन्दा बढी काम गरेर देखाएको दावी गरिन्।

प्रत्यक्ष निर्वाचित हुने पुरुष नेताहरुको असहयोगकै कारण जिल्लाको विकासले तीव्रता नलिएको नेत्री गुरुङको दाबी थियो। कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी गुरुङले अब जिल्लाको समृद्धिको ढोका कांग्रेसले खोल्ने भन्दै व्यावसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताइन्। रासस










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366688 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top