रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा   
पत्रपत्रिकाबाट

सिडिअाे मदिरामा मस्त, मतपेटिका रातभर राजमार्गमा



पत्रपत्रिकाबाट   15 पटक पढिएको        

काठमाडौं /११,मंशिर / आइतबार साँझ तोकिएको समयमा नै प्रदेश र प्रतिनिधि सभाका लागि अन्य हिमाली जिल्लामा जस्तै बझाङमा पनि मतदान सकियो। मतदान सकिएसँगै

सिडिअाे मदिरामा मस्त, मतपेटिका रातभर राजमार्गमा

 निर्वाचनमा खटिएका कर्मचारीले त्यपछिका कानुनी प्रकृया पूरा गरे। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने सुरसार थाले।

११ दिनपछि मात्र मतगणना हुने भएकाले सुरक्षित रुपमा निर्वाचन कार्यालय पुर्‍याउनु थियो। बझाङका केही विकट ठाउँबाट मतपेटिका हेलिकप्टरमार्फत् ‌ओसारे पनि केही स्थानमा गाडीबाटै मतपेटिका पुर्‍याउने तयारी थियो।

गाडीबाट मुख्य निर्वाचन कार्यालयसम्म मतपेटिका पुर्‍याउने जिम्मेवारी बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले लिएका थिए। मतपेटिका पुर्याउन १० वटा गाडीको व्यवस्था गरेको ब्रिफ यसअघि उनले नै गरेका थिए।

मतदान सकिएपछि मतपेटिका लिएर कर्मचारी गाडी कुरेर बसे। केही घन्टा बितिसक्दा पनि गाडी आएन। गाडी नआएपछि एक कर्मचारीले सिडियोलाई सम्पर्क गरे। प्रहरी स्रोतले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार सिडियोको मोबाइल स्वीच अफ थियो। स्रोत भन्छ – 'सिडियो साँझदेखि नै मदिराले मातेर लडेका रहेछन्।'

सिडियो सम्पर्कविहीन भएपछि मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले सम्पूर्ण जानकारी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई गराए। यादवले तत्काल प्रहरी प्रशासनलाई मतपेटिका ल्याउन निर्देशन गरे।

बझाङ जिल्लाका सुरक्षा प्रमुखले रातारात गाडीको व्यवस्थापन मिलाए। र मतपत्र ‌ओसारियो। घटनाक्रमबारे जानकारी लिन खोज्दा डिएसपी ऋषिराम कँडेलले मतपत्र ल्याउन केही ढिलो भए पनि सुरक्षित रुपमा मतपत्र ल्याएको बताए। घटना के भएको थियो भने खुलेनन्।

बझाङका केही विकट क्षेत्रमा सोमवार विहानसम्म पनि मतपटिका ओसार्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत वास्तोलाले बताए।

प्रमुख जिल्ला अधिकारी जोशीस‌ँग यसबारे प्रतिकृया लिन खोज्दा उनले 'भौगोलिक अवस्था विकट भएकाले मतपेटिका ल्याउन ढिलो भएको बताए। उनले भने, 'राजमार्गसम्म आउन समय लाग्छ। त्यसमा पनि एक/दुई मात्र मतपेटिका लिएर हिँड्नु भएन। जम्मा गरेर आउँदा रात भर लागेको हो।'

श्रोत : सविन ढकाल/पहिलोपोस्ट









सम्बन्धित शिर्षक समाचारहरु
  • उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

    रौतहट/०७,फाल्गुन/ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम भएका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति एक समारोह विच वितरण गरेका छन् । मावि वगहीमा
    समाज
    45     रौतहट अनलाईन
  • मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

    रौतहट/०५ ,माघ / मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सहादत दिनलाई मधेश सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा आज सनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । बलिदानी
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2485411 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top