मुस्ताक आलम मेरो भान्जा होईन उ त एक जुवाडी थियो जसलाई मैले एउटा ठेकेदारको पहिचान दिएको थिए- पुर्ब मन्त्रि आलम /* - - - Script for Auto Navigation - - - */

मुस्ताक आलम मेरो भान्जा होईन उ त एक जुवाडी थियो जसलाई मैले एउटा ठेकेदारको पहिचान दिएको थिए- पुर्ब मन्त्रि आलम

गौर/१०,मंशिर /


आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रौतहट क्षेत्र न.२ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार मो.अफताब आलमले एक सभालाई सम्बोधन गर्दै भने, म मुस्ताक आलमको मामा नै होइन मेरो भान्जा त शेख इद्रीशको


 आफ्नै नाति कौसर हो। मुस्ताक त केवल मेरो गाउको नाता होला उ मेरो भान्जा कसरी हुन सक्छन् होला ?
म मन्त्री हुदा मुस्ताक जब कुनै जुवातास र अन्य कुरितिको कार्य गर्दथे मलाइ कताकता नराम्रो लाग्ने गर्थे अनि मैले उसलाई सुधार्नको लागी ठेकेदारिको काम दिएको थिए।
तर मलाई के थाहा कि म उसको आफ्नै मामा नहुदा पनि मलाई कंशको संज्ञा दिनेछन् ।
वहाले भने, जब म उसलाई एउटा नंया जीवन दिदा पनि मलाई कंशको संज्ञा दिन्छन् भने हाम्रो प्रिय् जनतालाइ के के न देलान् ? वहाले फेरि भने,
मलाई थाहा छ जनता के हुन्छ, मलाई थाहा छ हार के हुन्छ,
जनताले ठिकै गर्‍यो मलाई पहिलो संविधान सभामा हार दिएर ,अब म बुझिसके कि बिना बिकास कसैको जित संभव छैन ।
नेतालाइ हराउने भनेको जनता हो उ मलाई के हराउँछ।
फेरि भने, मुस्ताकले जितेपछी केके गरेको हो यो पुर्व किन कोहि छाप्दैनन?
युवाहरूलाई दिइएको जागिरको वादा किन पुरा गरिएन?

आलम अफताब भन्छन्, म एकचोटि चुनाव हारेर जानिसकेको छु कि जनता के हुन्छ, जनताको अस्तित्व के हो, त्यसैले अब म चुनौती दिदैछु ती भ्रष्ट तथा दुष्टहरुलाइ जो कोहि जातको नाममा त कोहि पैसाको धाक देखाइ भोट माग्दै फिरेका छन् ।
म अब पहिलाको पट्टी बाधिएको अफताब होईन, म नंया नेपालको नंया अफताब हो जसलाई गरिब र असहाय जनताको दुख प्रष्ट देखिदैछ, म यो गरिबी र बेरोजगारीको नाम नै आउन दिदैन अबदेखि यो मेरो वाचा छ।
वहाले भने यो मेरो र नेपाली कांग्रेसको प्रतिबद्धता हो।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108392 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top