ताप्लेजुङमा मत पेटिकामुनि प्रेसरकुकर बम भटिएपछि मतदान रोकियो /* - - - Script for Auto Navigation - - - */

ताप्लेजुङमा मत पेटिकामुनि प्रेसरकुकर बम भटिएपछि मतदान रोकियो

ताप्लेजुङ, मंसिर १०


ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिकाको मुनि प्रेसरकुकुर बम भेटिएपछि मतदान रोकिएको छ। आइतबार प्रदेश र प्रथितनिधि सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आठराई गाउँपालिका –३ को सरस्वती मतदान केन्द्रमा मतपेटिका मुनि प्रेसरकुकर बम भेटिएको हो।



मतपेटिकामुनि बम भेटिएपछि स्थानीयहरु त्रसित बनेका छन् भने मतदान प्रक्रिया एक घण्टाका लागि रोकिएको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन्।

बम राखिएको स्थानलाई सेनाले नियन्त्रणमा लिए बम डिस्पोजल कार्य अगाडि बढाएको पनि उनले जानकारी दिए। बम डिस्पोजलपछि पुन मतदान प्रक्रिया अगाडि बढ्ने उनले बताए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113850 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top