रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

असमानता र भेदभाव अत्य नभएसम्म तराई– मधेसको विकास हुन सक्दैनः यादव



राजनिति   196 पटक पढिएको        

राजविराज, मंसिर १० संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असामानता तथा भेदभाव अत्य नभएसम्म तराई– मधेसको विकास हुन नसक्ने बताएका छन्।

असमानता र भेदभाव अत्य नभएसम्म तराई– मधेसको विकास हुन सक्दैनः यादव

सप्तरीको राजविराजमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले विकास निर्माणबाट सप्तरी जिल्ला हरेक क्षेत्रमा पछाडि परेको र यहाँको विकास नहुनुमा शदियौँदेखि विभेद र असमानता कारण भएको बताएका छन्।

‘सप्तरी जिल्ला नेपालको तेस्रो पछाडि परेको जिल्ला हो, यहाँ खेतीबाहेक केही नभएका कारण अधिकांश युवा अहिले बेरोजगारीको चपेटामा छन्’, उनले भने।

सप्तरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले सप्तरीको विकास र बेरोजगारी समस्या समाधानका लागि आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दुई तिहाइ मतबाट प्रदेश नं २ मा मधेस सरकार निर्माण गर्न सकेमा प्रहरी प्रशासन, लोकसेवा र शिक्षक सेवामा मधेसीको अधिकार सुनिश्चित हुने बताए।


सप्तरीसहित तराई–मधेसका जिल्लामा नदीनाला भए पनि खेतीका समयमा सिँचाइ नभएका कारण कृषि क्षेत्रको समेत विकास हुन नसकेको बताउँदै उनले वर्षेनी नदी र नालामा आएको बाढी तथा पहिराका कारण खेतको उर्वाराशक्ति कमजोर हुने गरेको र बाढीपहिराले जमिन कटान गरेपछि अधिकांश खेतमा उब्जाउ हुन नसकेको बताए।

यहाँ उद्योग, सिँचाइ र कृषिको विकास भए मात्र तराईको विकास हुने बताए।

अध्यक्ष यादवले नश्लवादी चिन्तनबाट बनाइएको संविधान आफूहरुको अधिकारका लागि नभएको बताउँदै त्यसको पुनःलेखन र संशोधन गरी मधेसी, मुुसलमान, जनजाति, पिछडिएका वर्ग, जाति भेदभाव र रङ्का आधारमा भइरहेको विभेद अत्य गर्न दुई तिहाइ मत दिन आग्रह गरे। रासस










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    33    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366768 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top