रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ     रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो      रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा     भष्ट्रचारीलाई आतंकित पारेरै छोड्नुपर्छ -अख्तियार प्रमुख नवीनकुमार घिमिरे     अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त   
खेलकुद

नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित



खेलकुद   6 पटक पढिएको        

काठमाडौं । आइसीसी टी–ट्वान्टी विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले

दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियो।

मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन जोडिन्। त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन्।

नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए।

नेपालले प्रारम्भिक ब्याट्सवुमनको उत्कृष्ट सुरुवातसँगै २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो। टस हारेर पहिलो ब्याटिङका लागि उत्रिएको नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले दुई विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्। काजल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे।

यससँगै नेपाल समूहको चौथो स्थानमा रहेको छ। समूहको अन्तिम खेलमा भोलि नेपालले चीनसँग खेल्दैछ।










सम्बन्धित शिर्षक समाचारहरु
  • नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

    काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको
    राजनिति
    136    
  • पाँच वर्षमा १८ सय कम्पनी खारेज

    काठमाडौं /०५,असोज/ सरकारले चुक्ता पुँजीको ०.५ प्रतिशत रकम बुझाएर खारेजीमा जान सक्ने व्यवस्था गरेपछि चल्न नसकेका कम्पनीहरू स्वेच्छिक खारेजीमा जानेक्रम बढेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खारेजीमा जाने कम्पनीको सङ्ख्या बढेर ५ सय ३० पुगेको छ ।
    अर्थ
    3    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2335211 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top