रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
खेलकुद

युएइसँग नेपाल ५ रनले पराजित



खेलकुद   2 पटक पढिएको        

काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसँग ५ रनले पराजित भएको छ। थाइल्याण्डको

युएइसँग नेपाल ५ रनले पराजित

 बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ७ विकेट गुमाउँदै ७९ रन बनायो।

८० रनको लक्ष्य पछ्याएको नेपालले जवाफमा २० ओभरमा नौ विकेट गुमाउँदा ७४ रनमा रोकियो। अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा नेपालले जोड्न सकेन। नेपालका लागि दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके।

नेपालको स्कोर १० रन हुँदा सीता रानामगर सात रनमा आउट भइन् भने त्यसको लगत्तै इन्दु बर्मा पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किइन्। त्यसपछि थप एक रन जोड्दा कप्तान नेरी थापा डकआउट भएपछि नेपालले ११ रनमा तीन विकेट गुमायो। नेपालको स्कोर २७ रन हुँदा ज्योती पाण्डे व्यक्त्तिगत १२ रनमा पेभेलियन फर्कएपछि नेपालले चार विकेट खेर फाल्यो।

त्यसपछि नेपालले थप ४१ रन बनाउँदा सात विकेट गुमाइ सकेको थियो। जसकारण नेपाल पूर्ण रुपमा दबावमा पर्यो। नेपालको मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन्। एकपछि अर्को विकेट गुमाएको नेपालका लागि रितु कनौजियाले २२ रन बनाउँदै जितको आशा देखाए पनि नेपाल अन्तिममा चुक्न पुग्यो।

युएइको स्कोर आठ रन हुँदा रुपा नगराजलाई रुविनाले नै व्यक्तिगत दुई रनमा आउट गरिन्। लगत्तै क्रिजमा आएकी प्रियाञ्जली जैनलाई पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो। बलिङतर्फ रुविना क्षेत्रीले तीन तथा रितु कनौजियाले दुई र नेरी थापाले एक विकेट लिए।

अब नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2289073 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top