रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
खेलकुद

महिला टी-२० इतिहासमा पहिलोपटक दुई सतक



खेलकुद   4 पटक पढिएको        

एजेन्सी/ अस्ट्रेलिया र इंग्ल्याण्डबीच जारी महिला एसेज सिरिजअन्तर्गतको तेस्रो टी-२० खेलमा इतिहासकै पहिलोपटक एउटै खेलमा दुईवटा सतक बनेको छ। कुनै पनि

महिला टी-२० इतिहासमा पहिलोपटक दुई सतक

 महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको एकै खेलमा दुईवटा सतक बनेको यो पहिलो पटक हो। तेस्रो टी-२० मा टस जितेको अस्ट्रेलियाले मनुका ओभल मैदानमा पहिले ब्याटिङ गरेको थियो। अस्ट्रेलियन ओपनर बेथ मुनीले मात्र ७० बलमा १९ चौका र १ छक्कासहित अविजित ११७ रनको पारि खेलेपछि पहिलो इनिंगमा घरेलु टीमले दुई विकेट गुमाउँदै १७८ रनको स्कोर गर्‍यो।

मुनिले प्रहार गरेको १९ चौका महिला टी-२० अन्तर्राष्ट्रियको एकै खेलमा प्रहार गरेको सबैभन्दा धेरै हो। दोश्रो इनिंगमा १७९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डको लागि ओपनर डानियल व्याटले मात्र ५७ बलमा १३ चौका र २ छक्कासहित शतकीय पारि खेलेपछि भ्रमण टीमले खेल १ ओभर बाँकी छँदै ४ विकेटले जितेको थियो।

महिला टी-२० क्रिकेटमा हालसम्म बनेका सतकहरू:

मेग लानिंग १२६ (६५) भर्सेस आयरल्याण्ड, २७ मार्च २०१४
बेथ मुनी ११७* (७०) भर्सेस इंग्ल्याण्ड, २१ नोभेम्बर २०१७
शंद्रे फ्रिट्ज ११६* (७१) भर्सेस नेदरल्याण्ड, १४ अक्टोबर २०१०
डीयनद्रा डोट्टीन ११२ (४५) भर्सेस दक्षिण अफ्रिका, ५ मे २०१०
डीयनद्रा डोट्टीन ११२ (६७) भर्सेस श्रीलंका, २२ अक्टोबर २०१७
डानियल व्याट १०० (५७) भर्सेस अस्ट्रेलिया, २१ नोभेम्बर २०१७










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539519 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top