सिटी एक्सप्रेसको भाइबर सेवा संचालन, ल्यापटपबाटै सम्पूर्ण जानकारी /* - - - Script for Auto Navigation - - - */

सिटी एक्सप्रेसको भाइबर सेवा संचालन, ल्यापटपबाटै सम्पूर्ण जानकारी

काठमाडौं ।


सिटी एक्सप्रेस मनी ट्रान्सफरले भाइबर सेवा सुरु गरेको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक उक्त भाइवर संचालनमा ल्याएको हो । सो सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट


रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्नेछन् । ग्राहकरुले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभई अन्य ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आएको छ ।




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109978 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top