भारतसँग पारिवारिक सम्बन्ध, चीनसँग घनिष्ट सम्बन्ध - राजपा /* - - - Script for Auto Navigation - - - */

भारतसँग पारिवारिक सम्बन्ध, चीनसँग घनिष्ट सम्बन्ध - राजपा

मंसिर ८


राष्ट्रिय जनता पार्टी(राजपा)ले दक्षिणी छिमेकी भारतसँग ‘पारिवारिक’ र अर्को उत्तरी छिमेकी चीनसँग ‘घनिष्ट’ सम्बन्ध राख्नुपर्ने आफ्नो विदेश नीति सार्वजनिक गरेको छ।

मंसिर १० र २१ गते गरि दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजपाले बिहिबार घोषणापत्र सार्वजनिक गरेको हो। ‘हामीले भारतसँगको भौगोलिक, धार्मिक, भाषिक, साँस्कृतिक, ऐतिहासिक र पारिवारिक सम्बन्धलाई विशेष महत्व दिनुपर्छ,’ विदेश नीतिबारे राजापको घोषणापत्रमा भनिएको छ,‘त्यस्तै चीनसँगको सम्बन्ध पनि एकअर्काको हितलाई ध्यानमा राख्दै नजिकको, असल एवं भरपर्दो छिमेकीको रुपमा अत्यन्तै घनिष्ट र आत्मीय हुनुपर्छ।’

राजपाले ठुला दलले विदेश नीतिलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको र क्षणिक स्वास्थका लागि एकदेशसँग नजिकिने र अर्को देशसँग टाढिने गरेको समेत आरोप लगाएको छ। ‘दुवै देशसँग हाम्रो परम्परागत रुपमा राम्रो सम्बन्ध रही आएको छ। तर बेलाबखतमा ठुला राजनीतिक दलका क्षणिक, व्यक्तिगत, राजनीतिक र चुनावी स्वार्थका कारणले एकका विरुद्धमा अर्काको प्रयोग वा एकसँग नजिक र अर्कासँग टाढा हुने दृष्टान्तहरु पनि छन्,’ राजपाले भनेको छ,‘यो विदेश नीति होइन, यसो गर्न दिनु हुँदैन्।

राजपाले भारत र चीन दुवै देशका विरुद्ध नेपालको भूमि कुनै पनि हालतमा प्रयोग गर्न दिन नहुनेमा जोड दिँदै छिमेकी र अन्य देशसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशनीति संचालन गरिनुपर्नेमा जोड दिएको छ।

असन्तुलित विदेश नीति प्रमुख राष्ट्रिय चुनौति
राजपाले देशको प्रमुख राष्ट्रिय चुनौतिहरुमा असन्तुलिन विदेशनीति समेत रहेको विश्लेषण गरेको छ। दुई छिमेकी भारत र चीन समृद्ध हुन लाग्दा समेत नेपाल गरिबको गरिबै रहनुमा नेपालको असन्तुलित विदेश नीति कारक रहेको तर्क गरेको छ। राजपाले भनेको छ, ‘यसको मुल कारण पहिल्याउने हो भने नेपालले बनाएको आफ्नो अन्तर्राष्ट्रिय छवि र विशेष रुपमा यी दुई देशहरुसँग राखेको सम्बन्धको प्रकृति र तिनीहरुसँग गर्ने व्यवहार नै हो।’

राजपाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ‘एक ढुलमुले चरित्र भएको र अनाहाकमा निहु खोज्ने’ देशको पहिचान बनाएको उल्लेख गरेको छ। ‘नेपालले आफुलाई यी दुई देशकाबीचमा एक ढुलमुले चरित्र भएको, अनाहाकम निहु खोज्ने, सानो–सानो कुरामा ठुलो प्रतिक्रिया दिने र सम्बन्धको ठोस आधार बनाउन नसकेको कमजोर मुलुकका रुपमा उभ्याएको छ,’ राजपाले भनेको छ।

 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787649 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top