रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
विचार/विश्लेषण

नेपाल बहुराष्ट्र भएको देश होः राजपा



विचार/विश्लेषण   5 पटक पढिएको        

महोत्तरी, मंसिर ७ राष्ट्रिय जनता पार्टीले आफ्नो घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश भएको उल्लेख गरेको छ। बिहिवार सार्वजनिक भएको राजपाको घोषणापत्रमा नेपाल ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय’ देश रहेको ब्याख्या गरिएको छ।

नेपाल बहुराष्ट्र भएको देश होः राजपा

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो लगायतका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रको प्रस्थापनामै नेपाललाई बहुराष्ट्रिय देशका रुपमा व्याख्या गरिएको छ।

‘जापान, स्वीडेन, दि नेदरलैन्ड्स आदि देशहरु धेरै अर्थमा एक राज्य र एक राष्ट्र भएका अत्यन्तै थोरै मुलुकहरुमध्ये हुन्, तर अमेरिका, क्यानाडा, भारत र विश्वका अन्य अनगिन्ती देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन्, यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो’, घोषणापत्रमा भनिएको छ,‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै संस्कृति, भाषा र चाल चलनमा सामिप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको छ।’

‘भारतको दार्जिलिङ, सिक्किम, आसाम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी संस्कृति, विचार एवं चालचलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ’, घोषणापत्रमा अगाडि भनिएको छ,‘यसै गरिकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन् तर ती सामुहिक रुपमा आफैंमा एक राष्ट्र पनि हो जसको निश्चित भुगोल, समान जीवन पद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ।’

महोत्तरीको जलेश्वरमा राजपाको घोषणापत्र सार्वजनिक गरिएको हो। 










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653179 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top