चुनावमा टिकट नपाएपछि बाराका महिला नेतृहरु रुष्ट /* - - - Script for Auto Navigation - - - */

चुनावमा टिकट नपाएपछि बाराका महिला नेतृहरु रुष्ट

बारा, मंसिर ७


बारमा ठूला दलले चुनावमा महिलालाई टिकट नदिँदा महिला नेतृहरु रुष्ट बनेका छन्। बारामा मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुँदैछ। बाराका चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलले प्रत्यक्षतर्फ महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिँदा महिला नेत्रीहरु रुष्ट बनेका हुन्।



महिलालाई टिकट नदिने दलहरुको कदमले आफैँले बनाएको निर्वाचन घोषणापत्रको मात्र नभई संविधानको मर्म र भावनामाथि नै प्रश्न चिह्न खडा गरेको पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री कलावती पासवानले बताइन्।

बारामा काँग्रेस, एमाले, माओवादी केन्द्र र तराई मधेश केन्द्रीत कुनै पनि दलले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएका छैनन्। राजनीतिक दलका केन्द्रीय स्तरका महिला नेतृ जिल्लामा क्रियाशील हुँदा पनि महिलालाई टिकट नदिनु खेदजनक भएको महिला नेतृहरुको भनाई छ। उनीहरुले निर्वाचनमा टिकट नदिने दलको कदमको खुलेर विरोध गर्न थालेका छन्।

काँग्रेसकी निरु रायमाझी, सुभद्रा धिमाल, एमालेकी शोभा कार्की र तेतर खातुन तथा राजपाकी पिंकी यादवले जिल्लामा एक जना महिलालाई पनि टिकट नदिनु दुर्भाग्यपूर्ण भएको बताए।

बारा क्षेत्र नम्बर ४ मा पूर्व सांसद मधु शाहीलगायत दर्जनौँ महिला नेत्री राजनीतिमा सक्रिय छन्। ठूला राजनीतिक दलले महिलालाई टिकट नदिएर महिलामाथि विभेद गरेका नागरिक समाज बाराका उमेशलाल दासले बताए।

एमालेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले जिल्लाबाट केहि महिला नेतृलाई प्रतिनिधिसभा सदस्यमा टिकट दिन सिफारिस गरिए पनि केन्द्रले नदिएको दावी गरे।

बारामा प्रतिनिधिसभा सदस्यको ४ स्थानको लागि ४८ जना र प्रदेशसभा सदस्यकोे ८ स्थानको लागि एक सय ९ जना प्रतिस्पर्धामा छन् । बारामा तीन लाख ४९ हजार नौ सय ४६ मतदाता छन् ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1867659 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top