कालीकोटमा प्रधानमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट /* - - - Script for Auto Navigation - - - */

कालीकोटमा प्रधानमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट

कालीकोट, मंसिर ७


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न कालिकोट पुगेका छन्। बिहीबार प्रधानमन्त्री देउवा कालीकोटमा नेपाली कांग्रेस कालीकोटले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी हुन कालिकोट पुगेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिएका छन्।


कालीकोटको मान्मा हुने चुनावी सभालाई प्रधानमन्त्री देउवा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसैबीच प्रधानमन्त्री सहभागी हुने कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट भएको छ।

कार्यक्रम आयोजना स्थलका रुपमा रहेको मन्माको सन्थराली  विमानस्थल नजिकै बम बिस्फोट भएको कार्यक्रममा सहभागी हुन आएका कांग्रेसका स्थानीय नेताहरुले बताएका छन्।

बिस्फोटबाट कुनै मानवीय क्षती नभको पनि उनीहरुले जानकारी दिएका छन्।

सन्थराली विमानस्थल नजिकै भएको कार्यक्रममा अहिले प्रधानमन्त्री देउवाले सम्बोधन गरिरहेका छन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1867684 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top