रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
विचार/विश्लेषण

चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्



विचार/विश्लेषण   1 पटक पढिएको        

६ मंसिर प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतान्त्रिक गठबन्धन गरिएको उनले बताए। लोकतन्त्रलाई समाप्त गर्नका लागि राणा, राजा र माओवादी लागेको आरोप लगाउँदै श्रेष्ठले जनताले दुःख गरी ल्याएको लोकतन्त्र कसैले हरण गर्न नसक्ने बताए।

चुनावी घरदैलोका क्रममा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले गोरखा सदरमुकामको ठूलो आँगनमा भने, ‘लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन। जनतालाई कसैले हराउन सक्दैन। जनतालाई हराउनु भनेको लोकतन्त्र समाप्त गर्नु हो। लोकतन्त्रलाई हराउनु भनेको जनतालाई समाप्त गर्नु हो।’

प्रजातन्त्रलाई बचाउनु कांग्रेसको जिम्मेवारी भएको भन्दै श्रेष्ठले सहमति र सहकार्यको आधारमा लोकतन्त्र बचाउँदै देशलाई विकसित बनाउन कांग्रेस लागिपर्ने बताए ।

श्रेष्ठले बूढीगण्डकी जलबिद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआब्जा दिने कार्य अघि बढेको भन्दै बूढीगण्डकी प्रभावितलाई उचित ठाउँमा पुनस्र्थापना गर्ने पनि बताए । बेनिघाटदेखि आरुघाट हुँदै चीनको तिब्बत जोड्ने सडक ट्रयाक खन्ने कार्य नेपाली कांग्रेसकै सरकारले सुरु गरेको भन्दै श्रेष्ठले सो सडक निर्माण कार्य नेपाली सेनाले गरिरहेको बताए।

गोरखा १ प्रदेशसभा (क) का उमेद्वार कांग्रेस युवा नेता धिरन थापाले राजनीतिक मुद्दाहरु सल्टाइसकिएको बताउँदै अब आर्थिक विकास र संवृद्धिका लागि जनतासंग जोडिने खालको राजनीति आवश्यक रहेको बताए। लोकतान्त्रिक शक्तिलाई जनताले निर्वाचनमा मतदान गरी विजयी गराएर पठाएमा विकास, निर्माणका कार्यले तीब्रता पाउने थापाको भनाइ छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539588 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top