भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त : २ प्रहरी घाइते /* - - - Script for Auto Navigation - - - */

भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त : २ प्रहरी घाइते

भोजपुर, मंसिर २


भोजपुरमा प्रहरी र बम विस्फोट गराउने गिरोहबीच दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने गाउँमा राखेको टाइम बम हटाउने क्रममा प्रहरीको बम राख्ने गिरोहसँग दोहोरो भिडन्त भएको हो।

उक्त गिरोहले राखेको बम पड्किँदा एक जना घाइते भएको भोजपुर प्रहरीले बताएको छ। घाइते हुनेमा एमाले कार्यकर्ता विक्रम राईको अवस्था निकै गम्भीर रहेको पहरीले जनाएको छ भने बम विस्फोट गराउने गिरोहसँगको भिडन्तमा असई उमेस मेहेता र टेकनारायण चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै साल्पासिलिछो गाउँपालिका २ मा कुलुङमा भएको चुनावीसभा नजिकै अर्को बम पड्केको छ। बम पड्केपछि प्रदेश सभाका उम्मेदवार राजेन्द्र राईको सभामा सहभागी हुन आएका मानिस तितरबितर भएका थिए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787662 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top