रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
अन्तर्राष्ट्रिय

भरणपोषणका लागि पूर्वपत्नीलाई दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन अदालतको आदेश



अन्तर्राष्ट्रिय   26 पटक पढिएको        

मंसिर १ इटालीको एक अदालतले पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले एक पूर्व पत्नीलाई भरणपोषणका लागि दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन आदेश दिएको छ।

भरणपोषणका लागि पूर्वपत्नीलाई दिएको ६ करोड युरो बर्लुस्कोनीलाई नै फिर्ता दिन अदालतको आदेश



बर्लुस्कोनीले पूर्व पत्नी वेरोनिका लारियोलाई भरणपोषणका लागि उपलब्ध गराएको सो रकम उनलाई आवश्यक नरहेको भन्दै फिर्ता गर्ने आदेश दिएको हो।

सन् २००९ मा एक १८ वर्षीया मोडलको जन्मदिनमा बर्लुस्कोनी देखिएपछि वेरोनिका र बर्लुस्कोनी छुट्टिएका थिए। सन् २०१२ मा अदालतले वेरोनिकाको भरणपोषणका लागि मासिक ३० लाख युरो दिन आदेश दिएको थियो। अर्कोवर्ष सन् २०१३ मा सो रकम घटाएर १४ लाख युरो प्रतिमहिना पु¥याइएको थियो। तर बर्लुस्कोनीले सो रकम अत्याधिक भएको भन्दै पुनरावेदन दिएका थिए।

मिलानको एक पुनरावेदन अदालतले अहिले बर्लुस्कोनीको पक्षमा फैसला दिएको हो।

वेरोनिका लारियो आफैँ १ करोड ६० लाख युरोको मालिक भएकोले उनको भरणपोषणका लागि थप रकम आवश्यक नपर्ने अदालतले फैसला गरेको हो।

चार पटक प्रधानमन्त्री भएका बर्लुस्कोनी इटालीका पाँचौ सबैभन्दा धनी व्यक्ति हुन्। फोर्ब्सका अनुसार उनको सम्पत्ति करिब ७ अर्ब डलर छ।

सन् १९८० मा बर्लुस्कोनी र वेरोनिका लारियोको पहिलो भेट भएको थियो। उनीहरुले १९९० मा विवाह गरेका थिए। कम उमेरका युवतीहरुसँग सम्बन्ध राखेको भन्दै सन् २००९ मा उनले सम्बन्धविच्छेदको माग गरेकी थिइन्।

त्यसअघि बर्लुस्कोनी कार्ला डलओग्लियोसँग २० वर्ष लामो सम्बन्धमा थिए। कार्ला र बर्लुस्कोनीका दुई सन्तान छन्।

८१ वर्षीय बर्लुस्कोनी र ६१ वर्षीया वेरोनिकाका पनि तीन सन्तान छन्।

बर्लुस्कोनीले अहिले ३२ वर्षीया फ्रान्सेस्का पास्कलसँग ‘इन्गेज्मेन्ट’ गरिसकेका छन्। एजेन्सी










सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    392    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2362937 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top