रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

गोरखामा बाबुरामको प्रचारसामग्री प्रहरीले च्यातेको लोकतान्त्रिक गठबन्धनको आरोप



राजनिति   200 पटक पढिएको        

गोरखा, कार्तिक ३० राजनीतिक दल र पत्रकारहरुबाट सुझाव लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार बिहान गोरखामा राखेको बैठकमा गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उमेदवार डा. बाबुराम भट्टराईको प्रचार सामग्री प्रहरीले च्यातेको र निर्वाचनमा खटिएका कर्मचारी बढीजसो वाम गठबन्धनको मात्रै भएको विषय उठेपछि चर्काचर्की भएको छ।

गोरखामा बाबुरामको प्रचारसामग्री प्रहरीले च्यातेको लोकतान्त्रिक गठबन्धनको आरोप

 बैठकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नयाँ शक्तिका नेता तथा पूर्वसभासद ज्ञानेन्द्र कुमालले बाबुराम भट्टराईको प्रचार सामग्रीहरु एघार किलोस्थित प्रहरी चौकीका प्रहरीहरुले छानीछानी च्यातेको आरोप लगाए। उनले भने, ‘प्रहरीले बाबुराम भट्टराईको पर्चा, पोस्टरहरु च्यातेको छ। यो विषय गम्भीर हो।’ माओवादीबाट प्रतिनिधिसभा समानुपातिक उमेदवार सुशीला शिंखडा चढेको मोटरसाइकलबाट तीन राउण्ड गोलीसहित पेस्तोल बरामद भएको प्रसंग निकाल्दै कुमालले भने, ‘हतियारधारीलाई किन प्रशासनले पक्राउ नगरेको? निर्वाचनपछि मात्रै पक्राउ गर्ने भन्ने सुनिएको छ, के हो?’

हतियारधारी फरार हुने तर घरमा बसिरहेका व्यक्तिलाई प्रहरीले कुनै दिन विप्लव समूहमा हिँडेको आरोपमा पक्राउ गरी थुनामा राख्नु गैरजिम्मेवारीपन बाहेक केही हुन नसक्ने कुमालले बताए। ‘हतियार बोकेर हिँड्ने, हतियार देखाएर त्रास मच्चाउनेहरुलाई पक्राउ नगर्ने तर घरमा बसिरहेकाहरुलाई पक्राउ गर्नुको कारण के हो? प्रशासनको धारणा के छ?’ उनले भने। वाम गठबन्धनबाट गोरखा २ का उम्मेद्वार नारायणकाजी श्रेष्ठको प्रचार सामग्रीहरु सार्वजानिक ठाउँमा टाँसिएको, झुण्डाइएको छ भन्दै उनले एकलौटी प्रचार गर्न नदिइने पनि बताए। 

उनले भने, ‘सार्वजानिक ठाउँमा टाँसिएका प्रचार सामग्रीहरु छिटो हटाउनुहोस्। नहटाउने हो भने एकलौटी प्रचार गर्न दिदैनौं, हामी पनि राख्छौं।’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजानिक ठाउँमा राखिएका प्रचार सामग्री सम्बन्धित दलले नहटाएको खण्डमा मात्रै प्रहरीले हटाएको बताउँदै भने, ‘जसको प्रचार सामग्री सार्वजानिक ठाउँमा राखिएको हो सोही दललाई छिटो हटाउन भन्छौं, अटेर गर्नुभयो भने प्रहरी लगाएर हटाइन्छ ।’ कसैलाई काखा र कसैलाई पाखा गरेर प्रचार सामग्री नहटाएको प्रजिअ बस्नेतको भनाइ छ ।

डा. भट्टराईको प्रचार सामग्री प्रहरीले हटाएको कुमालको भनाइमा प्रतिक्रिया दिँदै बस्नेतले भने, ‘प्रहरीले कोही पार्टी विशेषको पर्चा हटाएजस्तो लाग्दैन। जसले टाँसेको हो उसैले हटाउनुपर्छ।’ निर्वाचनलाई लक्षित गरेर ३९ वटा सशस्त्र प्रहरीका पोस्ट, २८२ मतदान केन्द्र बाहेक पनि २४ वटा प्रहरी टोली, पाँच वटा नेपाली सेनाका गुल्म राखेर सुरक्षा मजबुत बनाइएको प्रजिअ बस्नेतले बताए।

बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता नारायण लामिछानेले मतदान अधिकृत तथा कर्मचारी खटाउँदा एकलौटी ढंगले खटाइएको दाबी गरे। उनले भने, ‘९२ जना शिक्षकलाई मतदान अधिकृतको रुपमा खटाइएको रहेछ यीमध्ये ७२ जना वामगठबन्धन र २० जना लोकतान्त्रिक गठबन्धनबाट परेका छन्, किन एकलौटी तवरले छनौट गरियो?’ शिक्षा कार्यालयले शिक्षक छनौट गरी पठाएको सूचीमै लोकतान्त्रिक गठबन्धनका शिक्षकलाई कम पठाइएको उनको भनाइ छ।

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले निर्वाचनका लागि २२४२ जना कर्मचारी छनौट गरी परिचालन गर्नुपर्ने भएकाले छोटो अवधिमा धेरै प्रयास गरी कर्मचारी परिचालन गर्न लागिएको बताए। पार्टी हेरेर कर्मचारी खटाएको छैन भन्दै उनले कार्यालयबाट आएका नाम हेरेर पदअनुसार उपर्युक्त ठाउँमा कर्मचारी खटाइएको बताएका छन्। निजामति कर्मचारीलाई पहिलो प्राथमिकता दिइएको छ भने अपुग ठाउँमा शिक्षक खटाइएको उनले बताए ।

बैठकमा बोल्दै प्रजिअ बस्नेतले प्रहरी र प्रशासनलाई एताउता तान्न नखोज्नुस् भन्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन दलहरुले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘नेताहरुले पार्टीका युवाहरुलाई, गुण्डाहरुलाई भनिदिनुस् कि पेस्तोल, खुकुरी, खुडाँ बोकेर नहिँड, प्रहरीले समात्यो भने छुटाउन सक्दैनौं भनेर।’ दुर्गमका ३१ मतदान केन्द्रमा निर्वाचन सामग्री लैजान र ल्याउनका लागि हेलिकोप्टर मागिएको उनले बताए।

बैठकमा गोरखा २ मा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेद्वार नारायण अधिकारीले वाम र लोकतान्त्रिक गठबन्धनका पर्चा, पोस्टर र ब्यानरले आचारसंहिता उलंघन बढाएको भन्दै आवश्यकताभन्दा बढी प्रतिस्पर्धागत रुपमा होडिङ्ग बोर्ड, पर्चा, पम्लेट टाँसिएको बताए। उनले भने, ‘गोरखा २ मा बहुदल होइन दुई दल भनेजस्तै अवस्था छ। हामीले त्रास र डरले प्रचार गर्नुपर्ने अवस्था आयो, यस्तो हुनु राम्रो होइन।’

नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले दलहरुले हेलिकोप्टर चढ्नेदेखि सार्वजानिक ठाउँमा प्रचार सामग्री टाँसेर आचारसंहिताको उलंघन गर्दै आएको बताएका छन् । थापाले भने, ‘प्रहरी, प्रशासनले कानूनअनुसार अपराधीहरुलाई कारबाही गरोस्, दरो खुट्टा टेकेर काम गरोस्, हामी सघाउन तयार छौं ।’ गोरखा २ मा पूर्वसहयात्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ फरक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएपछि यहाँको माहौल रोचक बन्दै गएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366650 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top