ओलीसँगै गोरखा पुगेका डा. उपेन्द्र देवकोटा नारायणकाजीको पक्षमा खुले /* - - - Script for Auto Navigation - - - */

ओलीसँगै गोरखा पुगेका डा. उपेन्द्र देवकोटा नारायणकाजीको पक्षमा खुले

काठमाडौं, कार्तिक २९


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग गोर्खा–२ मा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भट्टराई शैक्षिक प्रतिस्पर्धी डा उपेन्द्र देवकोटाकोे साथ पाएका छन्।


गोरखा–२ मा उमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएका सभाहरुमा डा देवकोटाले पनि श्रेष्ठका पक्षमा मत मागेका छन्।

अहिले गोरखा–२ को भच्चेकमा एमाले–माओवादी केन्द्रको चुनावी सभा सुरु भएको छ। त्यहाँ पुगेका ओली र प्रचण्डसँगै डा देवकोटा मञ्चमा छन्।

भच्चेकमा रहेका पत्रकार सुनिल खड्काका अनुसार डा देवकोटा बुधबार विहान ओलीसँगै गोरखा पुगेका हुन्।

डा भट्टराई र डा देवकोटा दुवैले २०२६ मा सँगै एसएलसी दिएका थिए। नतिजामा भट्टराई 'बोर्डफष्ट' भए भने देवकोटा बोर्डमा पाँचौं नम्बरमा परे। डा भट्टराई इन्जिनियरिङ र राजनीतिमा चर्चित भए भने देवकोटा चिकित्सा क्षेत्रमा।

गोरखाको सामाजिक–राजनीतिक क्षेत्रमा डा भट्टराईको जत्तिकै पकड डा देवकोटाको पनि रहेको मानिन्छ। डा देवकोटाको साथ पाएपछि भट्टराईसँगको कठिन प्रतिस्पर्धामा श्रेष्ठलाई केही राहत पुगेको माओवादीका कार्यकर्ताहरू बताउँछन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787661 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top