रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
राजनिति

‘म पनि नवजवान हुँ’ भन्दै ओलीले गरे ‘फोटो सेसन’



राजनिति   3 पटक पढिएको        

२८ कार्तिक उमेरले एमाले अध्यक्ष केपी शर्मा ओली ६५ वर्ष पुगे। तर उनलाई आफू अझै नवजवान नै छु भन्ने लाग्दो रहेछ। त्यसैले ‘म पनि नवजवान हुँ’ भन्दै ओलीले मंगलबार दिउसो माओवादी केन्द्रका एक युवा नेतासँग फोटो सेसन नै गराए।

‘म पनि नवजवान हुँ’ भन्दै ओलीले गरे ‘फोटो सेसन’


एमाले र माओवादी केन्द्रले मंगलबार दिउसो जमलस्थित होटल यलो प्यागोडामा राजधानी उपत्यकाका उम्मेदवारहरुको परिचय कार्यक्रम आयोजना गरेका थिए। ओली प्रमुख अतिथि रहेको कार्यक्रममा उपत्यकामा वामगठबन्धनका सबै उम्मेदवार सहभागी थिए।

कार्यक्रममा सम्बोधनका क्रममा ओली नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारप्रति निकै आक्रोसित देखिन्थे। कांग्रेस र देउवाप्रति आक्रोस पोखेकाले होला, त्यसपछि उनी 'फ्रेस' देखिए। कार्यक्रम सकिएपछि ओली उम्मेदवारहरुसँग जिस्किन थाले।

ओलीको आडैमा थिए, काठमाडौं–१ का उम्मेदवार अनिल शर्मा। ओलीले शर्मालाई छेउमा बोलाए। शर्मासँगै अखिल (क्रान्तिकारी) का नेता नरेन्द्र बयडी पनि थिए। ओलीले बयडीसँग भने, 'म पनि नवजवान नै हुँ, अर्काे नवजवानसँग बसेर फोटो खिच्नुपर्‍यो।’

यति भन्दै ओलीले बयडीलाई फोटो खिच्न आग्रह गरे। बयडीले खिचिदिए। बयडीका अनुसार, त्यसपछि ओलीले भने, ‘तपाईंलाई म काठमाडौं–१ बाट जितको शुभकामना। तपाईंलाई सहयोगका लागि आउँला।’
 

 










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270342 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top