फोरमको घोषणापत्रमा पहिचानका आधार ११ जातीय राज्यको प्रस्ताव /* - - - Script for Auto Navigation - - - */

फोरमको घोषणापत्रमा पहिचानका आधार ११ जातीय राज्यको प्रस्ताव

कार्तिक २८


संघीय समाजवादी फोरमले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। फोरमको घोषणापत्रमा हालको सात प्रदेशको संघीय संरचनालाई खारेज गरी पहिचानका आधारमा ११ जातीय राज्य बनाउने प्रतिबद्धता गरिएको छ।



फोरमले बहुराष्ट्रिय राज्य, समानुपातिक निर्वाचन प्रणाली र बहुभाषिक नीति पनि प्रस्ताव गरेको छ।

फोरमले लिम्बुवान, किरात, मधेस, ताम्सालिङ, शेर्पा, नेवा, तमुवान, मगरात, खसान, थरुहट र गैरभौगोलिक शिल्पी विशेष प्रदेश गरी जम्मा ११ राज्यको अवधारणा अघि सारेको हो।

विशेष संरचनाअन्तर्गत सो पार्टीले ३२ ओटा स्वायत्त क्षेत्र, १३ ओटा संरक्षित क्षेत्र र ४ ओटा विशेष क्षेत्र रहनेगरी संघीय संरचनाको प्रस्ताव गरेको छ।

‘वर्तमान ७ प्रदेशको संघीय संरचनालाई खारेज गरी पहिचानको आधारमा प्रदेश तथा विशेष संरचना निर्माण गरिनेछ,’ घोषणापत्रमा भनिएको छ।

घोषणापत्रमा फोरमले कांग्रेस र एमाले व्यवहारिक रुपमा ‘यथास्थितिवादी’ रहेको आरोप लगाएको छ भने राप्रपा, माओवादी केन्द्रजस्ता पार्टीको पनि आलोचना गरिएको छ।

समाजवादी फोरमले २ नम्बर प्रदेशका लागि भने राजपा नेपालसँग संयुक्त घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108396 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top