चुनावी अभियानमा सफा टेम्पो /* - - - Script for Auto Navigation - - - */

चुनावी अभियानमा सफा टेम्पो

काठमाडौं, कार्तिक २७


विवेकशील साझा पार्टीका सहसंयोजक तथा काठमाडौं-५ का उम्मेदवार उज्वल थापाले चुनावी अभियानमा सफा टेम्पोको प्रयोग गरेका छन्। घर दैलो तथा भेटघाट कार्यक्रममा आफू र अभियन्ताहरु टेम्पो मै जाने उनले बताए। आजै लाजिम्पाटमा अन्तरक्रिया र बाँसबारीमा घरदैलो गर्दा सफा टेम्पोकै प्रयोग गरिएको उम्मेद्वार थापाले बताए।



काठमाण्डौंका लागि सफा टेम्पो सबैभन्दा उपयुक्त सानो सवारी साधन भएको थापाको भनाइ छ।

‘विद्युतीय गाडीको महत्व धेरै छ। यो प्रविधि नेपालको पर्यावरण र अर्थतन्त्र सुहाउँदो छ’ थापाले भने, 'अधिकांस सफा टेम्पो चालक महिला छन्। यो हामीले चाहेको समानुभूतिपूर्ण समाजिक विकास र पर्यावरणमैत्री विकासको नमुना हो।’

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर पालिकामा मेयरकी प्रत्यासी रहेकी विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पनि स्थानीय निर्वाचनमा सफा टेम्पो भाडामा लिएर चुनावी प्रचारका लागि सिंगारेर त्यसबाटै प्रचार गरेकी थिइन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865658 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top