रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
विचार/विश्लेषण

माधव नेपाललाई सजिलै हराउँछु: दीपक कुइँकेल



विचार/विश्लेषण   2 पटक पढिएको        

कार्तिक २४ दोस्रो संविधान सभा निर्वाचनमा चुनाव जितेपछि काठमाडौं छोडेर रौतहट–१ रोजेका पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधव नेपाल फेरि फर्केर आएपछि फेरि चर्चामा छ, काठमाडौं–२। ‘हेभिवेट’ माधव नेपालविरुद्ध उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार दीपक कुइँकेल यतिबेला चुनावी अभियानमा छन्।

माधव नेपाललाई सजिलै हराउँछु: दीपक कुइँकेल

 कुइँकेलले एमाले नेता नेपाललाई सहजै चुनाव हराउने गर्छन्। तिनै कुइँकेलसँग चुनावका विषयमा नेपालखबरका लागि माधव धितालले गरेको चुनाव-वार्ता:

घरदैलो अभियान कस्तो चल्दैछ?

चुनावको आन्तरिक व्यवस्थापन सकेर हामी जनताका माझ आएका छौं। निरन्तररुपमा म जनताको बीचमै रहेको मान्छे भएकाले अहिले पनि जनताकै साथमा छु। उपनिर्वाचनमा विजयी भएपछि संविधान निर्माणको काम गर्छु भनेर प्रतिबद्धता जनाएको थिएँ। त्यो काम पूरा भएपछि अब संविधान कार्यान्वयनका लागि चुनाव हुँदैछ। त्यसैले फेरि जनतासँग भोट माग्ने काम गरिरहेको छु। बिहानदेखि राति अबेरसम्म जनताकै घरदैलोमा छु।

काठमाडौं–२ का जनताले तपार्इंलाई किन भोट दिने?

मैले यही ठाउँबाट उपनिर्वाचन जितेको हुँ। जनताले मलाई रुचाएका छन्। उपनिर्वाचनमा दुईवटा एजेन्डा राखेर चुनाव लडेको थिएँ। यहाँका जनताको अधिकार रक्षा र उहाँहरुको अस्तित्व रक्षाका लागि मैले चुनाव लडेको थिएँ। संविधान निर्माण भइसकेपछि अहिले मुलुक त्यसको कार्यान्वयनको दिशामा अघि बढेको छ। संविधान कार्यान्वयन गर्दै विकास र सम्बृद्धिको अभियानमा होमिन जनताले मलाई विश्वास गरेका छन्। त्यसैका लागि मलाई मत दिनेछन् भन्नेमा विश्वस्त छु।

मत माग्दै गर्दा जनताले तपार्इंलाई के भनिरहेका छन्?

‘जुन काम तपाईँले गर्नुु भएको छ, त्यसबाट हामी खुशी र सन्तुष्ट छौं’ भनेका छन्। ‘संविधान निर्माण गर्ने जुन संकल्पका साथ जानु भएको थियो, त्यो पूरा गर्नु भएको छ, संविधान निर्माण भएको छ। संसदको अवधि थप्ने काम तपाईँहरुबाट भएन, तपाई जित्नु पर्छ। यहाँका जनताको प्रतिनिधित्व तपाईँले नै गर्नु पर्छ’ पनि भनेका छन्।

माधव नेपालजस्तो ‘हेभिवेट’ लाई जित्छु भन्ने सोच्नु भएको छ?

पहिलो कुरा, त काठमाडौं लोकतन्त्रबादीहरुको ठाउँ हो। कम्युनिष्ट विचारधारा, दृष्टिकोण र कम्युनिष्ट सर्वसत्तावादलाई काठमाडौंका जनताले मन पराउँदैनन्। 

दोस्रो कुरा, अघिल्लो निर्वाचनमा माधव नेपाललाई यही क्षेत्रका जनताले अत्याधिक मत दिएर विजयी गराएर पठाएका हुन्। तर, उहाँले पछि आफ्नो गृहजिल्ला रौतहट रोजेर, काठमाडौं–२ छोड्नु भयो। काठमाडौं–२ का जनतालाई उहाँले धोका दिनुभयो, तिरष्कार गर्नुभयो। रौतहट फर्केका माधवजीलाई त्यहाँकै जनताले पनि स्थानीय निर्वाचनमा बहिष्कार गरे। रौतहटमा बहिष्कार गरेपछि फेरि आफूले तिरष्कार गरेकै क्षेत्रमा उहाँ चुनाव लड्न फर्किनु भएको छ। त्यसैले यहाँका जनताले उहाँलाई स्वागत र स्वीकार गर्ने अवस्था अहिले छैन। ‘तिरष्कार गरेर हिडेको मान्छेलाई हामीले सहयोग गर्दैनौ’ भनेर माधव नेपाललाई यहाँका जनताले भनिसकेका छन्।

उसो भए जित्नेमा विश्वस्त हुनुहुन्छ?

हो, म ढुक्क छु। जनताले कहिल्यै हारेका छैनन्। लोकतान्त्रिक लडाईंमा जनताले हारेकै छैनन्। सहजरुपमा यो पटक म जनताको बलमा माधव नेपालजीलाई चुनावमा हराउँछु।

कति मतान्तरले माधव नेपाललाई हराउँछु भन्ने लागेको छ?

मतान्तरको कुरै भएन। जनता भनेको सर्वशक्तिमान हो। यहाँका आम जनताले माधव नेपाललाई तिरष्कार र दिपक कुइँकेललाई स्वागत गरेका छन्। उपनिर्वाचनमा म जसरी विजयी भएँ, त्यसैगरी यो पटक मैले माधव नेपाललाई चुनाव हराउँछु। कति मतान्तरले हराउने भन्ने जिम्मा मैले यहाँका मतदातालाई छाडेको छु।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511655 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top