कांग्रेस नेताको घर नजिकै प्रचण्डको नयाँ डेरा /* - - - Script for Auto Navigation - - - */

कांग्रेस नेताको घर नजिकै प्रचण्डको नयाँ डेरा

काठमाडौं, कार्तिक २४


झण्डै एक हप्ताको प्रयासपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि नयाँ डेरा भेटिएको छ। कास्कीको लेवाडेबाट चितवन झरेपछि प्रचण्डको बसोबास रहेको शिननगर नजिकै प्रचण्डका लागि नयाँ डेरा भेटिएको हो।



भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेणु दाहालका अनुसार शिवनगरको लाहुरेचोकमा प्रचण्डको डेराका रुपमा नयाँ घर भेटिएको छ।

विहीबारमात्र श्रीलङ्काबाट काठमाडौं फर्किएकी रेणुले नेपालखबरसँग भनिन्, ‘आजैदेखि उहाँ त्यतै बस्ने कार्यक्रम बनेको रहेछ।’

प्रचण्डका लागि नयाँ डेरा खोजिएको लाहुरे चोक नजिकै चितवन कांग्रेसका नेता कृष्णलाल सापकोटाको घर पर्छ।

यो पनि:

चितवनमा डेरा खोज्दै प्रचण्ड

चितवन जिविसका पूर्व सभापति सापकोटा भरतपुर महानगरपालिकाको चुनावमा कांग्रेस–माओवादी तालमेलका विरोधी थिए।

माओवादी नेता नारायण दाहालले घर भेटिएपनि भाडा चाहिँ तय भइनसकेको बताए।

दाहालले नेपालखबरसँग भने, ‘माओवादी समर्थककै घर हो। अहिले बस्दै गर्नुस्, भाडाको कुरा पछि गरौंला भन्नु भएको छ। पर्याप्त कोठा र फराकिलो कम्पाउण्डमा भएकाले त्यो घर प्रचण्डका लागि अनुकूल पनि छ।’

१६ कार्तिकमा उम्मेदवारी दर्ता गरेदेखि नै चितवनमा एमाले–माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ताले प्रचण्डका लागि डेरा खोजेका थिए।

चितवन–२ मा पर्ने छोरी रेणुको डेरामा बसेर चुनावी अभियान सञ्चालन गर्न कठिन भएपछि नयाँ बासस्थानको खोजी सुरु भएको थियो।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1867698 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top