रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

स्थानीय तह निर्वाचनपछि थपिए साढे १३ लाख मतदाता, कुन जिल्लामा कति?



राजनिति   37 पटक पढिएको        

काठमाडौं, कार्तिक २२ स्थानीय तहको निर्वाचनपछि देशभर साढे १३ लाखभन्दा बढी मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतदाता थिए। निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मतदाता नामावली १३ लाख ५५ हजार ५ सय १६ नयाँ मतदाता थपिएका छन्।

स्थानीय तह निर्वाचनपछि थपिए साढे १३ लाख मतदाता, कुन जिल्लामा कति?


निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ९३५ जनाको मतदाता नामावली कायम भएको बताए। उनका अनुसार भदौ ५ गते १८ वर्ष पुगेका सबैले मताधिकार प्रयोग गर्न पाउनेछन्।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएपछि १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम छुटेकाका लागि मतदाता नामावली संकलन गरेको थियो। पछिल्लो मतदाता नामावलीमा सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौं, कैलाली, सुनसरी, दाङ, काभ्रे र चितवनमा थपिएका छन्।

मोरङमा सबैभन्दा बढी मतदाता थपिए
स्थानीय तहको निर्वाचनपछि सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन्। स्थानीय तह निर्वाचनमा ५ लाख ५३ हजार ८७० मतदाता रहेको मोरङमा ८० हजार ९१५ मतदाता थपिएर ६ लाख ४४ हजार ७८५ पुगेको छ। आयोगका प्रवक्ता ढकालका अनुसार मोरङपछि सबैभन्दा बढी मतदाता कैलालीमा थपिएका छन्। स्थानीय तह निर्वाचनमा कैलालीमा ४ लाख ३ हजार २८० मतदाता थिए भने अहिले ५७ हजार ३०० थपिएर ४ लाख ६० हजार ५८० मतदाता कायम भएको ढकालले बताए।

उनका अनुसार सुनसरीमा ५३ हजार १४१, दाङमा ४७ हजार ७५४, काभ्रेपलाञ्चोकमा ४१ हजार ४३८ र चितवनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा ५ लाख ५९ हजार ४०० मतदाता रहेको काठमाडौंमा ४४ हजार २२० मतदाता थपिएर प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौंमा ६ लाख ३ हजार ६२० मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा कम मतदाता थपिनेमा मनाङ
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि सबैभन्दा कम मतदाता मनाङमा थपिएका छन्। मनाङमा ७८५ मतदातामात्रै थपिएको आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनमा ५ हजार ९५ मतदाता रहेको मनाङमा प्रदेश र प्रतिनिधि सभाका लागि ५८ सय ८० मतदाता कायम भएको छ। यस्तै, मनाङपछि कम मतदाता थपिनेमा मुस्ताङ र डोल्पा पनि परेका छन्। मुस्ताङमा स्थानीय तह निर्वाचनपछि ११ सय ६४ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा ८२ सय ६३ मतदाता रहेको मुस्ताङमा अब ९४ सय २७ मतदाता कामय भएको आयोगले जनाएको छ।

डोल्पामा भने स्थानीय तह निर्वाचनपछि २०६४ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा १६ हजार ७०३ मतदाता रहेको डोल्पामा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १८ हजार ७६७ मतदाता कायम भएको निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिए।
स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतमध्ये कुल १ करोड ४३ लाख ६ हजार ३२५ मत खसेको थियो। यो कुल मतको ७४ दशमलब २ प्रतिशत हो। खसेको मतमध्ये ९१ लाख ३६ हजार ७०३ मत सदर भएको थियो। स्थानीय तह निर्वाचनमा कुल खसेको मतको ३ दशमलब ४४ प्रतिशत बदर भएको थियो।

महिलाभन्दा पुरुष मतदाता बढी
आयोगका अनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कायम भएको मतदाता नामावलीमा महिलाभन्दा बढी पुरुष मतदाता रहेका छन्। पुरुषभन्दा महिला मतदाता एक लाख २५ हजार ४३१ कम छन्। आयोगले तयार पारेको अन्तिम मतदाता नामावलीमा ७७ लाख ७६ हजार ४९६ पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ७६ लाख ५१ हजार ६५ छ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366687 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top