रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

हरिप्रसाद र सोमप्रसाद: काठमाडौंबाट पाल्पा पुगेपछि छुट्टियो बाटो



राजनिति   31 पटक पढिएको        

बुटवल, कार्तिक २२ सोमप्रसाद पाण्डे र हरिप्रसाद नेपाल संविधानसभाको दोस्रो चुनावमा पाल्पा क्षेत्र नम्बर २ र ३ बाट निर्वाचित भए। ४ वर्ष सँगै संसदमा रहे। मंसिर २१ गते हुने प्रतिनिधि सभाको चुनावमा भिड्न फेरि दुवैले आ–आफ्नो पार्टीबाट टिकट पाए। रोचक के भयो भने, राजधानीबाट जिल्ला फर्कने क्रममा विमानस्थलमा सोमप्रसाद र हरिप्रसादको भेट भयो। भैरहवासम्म दुवै जना एउटै जहाजमा सँगै सिटमा बसेर आए। अनि भैरहवाबाट पाल्पा पनि एउटै मोटरमा पुगे। पाल्पा पुगेपछि दुवै फरक–फरक समूहमा सामेल भए। उनीहरूको राजनीतिक बाटो छुट्टियो।

हरिप्रसाद र सोमप्रसाद: काठमाडौंबाट पाल्पा पुगेपछि छुट्टियो बाटो


कार्तिक १६ गते आ–आफ्नो पार्टीका दलबलसहित पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि आधिकारिक रुपमा एक अर्काका प्रतिस्पर्धी बने।

नयाँ संरचना अनुसार पाल्पाको निर्वाचन क्षेत्र तीनबाट घटेर अहिले दुई वटा भएको छ। त्यसैले पहिले अलग मैदानमा रहेका पाण्डे र नेपाल अहिले एउटै मैदानमा आम्ने साम्ने भएका छन्।

मानौं यसअघि सेमिफाइनलमा विजयी भए र अब फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन्। मंसिर २१ गते हुने उपाधि भिडन्तपछि एकजनाले संसदमा प्रवेश पाउने छन् भने अर्को संसद बाहिर।

सदरमुकाम तानसेनसमेत पर्ने पाल्पा क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र लोकतान्त्रीक गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालबीचको प्रतिस्पर्धा पनि कम रोचक छैन।

भैरहवाबाट एउटै मोटरमा पाल्पा जाँदै सोमप्रसाद र हरिप्रसाद

२०५१ र २०५६ को चुनावबाट समेत सांसद बनेका सोमप्रसाद पाण्डे राजनीतिमा आउनुअघि शिक्षण र कानूनी पेशामा थिए। उनी पाल्पा मदनपोखराको दमकडा माविको प्रधानाध्यापक र बार एशोसिएसनको जिल्ला अध्यक्ष समेत भए। ०६४ को संविधानसभा चुनावमा पराजित भएका पाण्डे ०७० मा पाल्पा २ बाट निर्वाचित भएर उद्योग मन्त्रीसमेत बने। एमाले बरिष्ठ नेता माधव नेपालका सम्धी पाण्डे पाँचौं पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने चौथो जितको खोजिमा छन्।

जिल्लामा २ वटा क्षेत्र मात्र भएपछि पाण्डेका लागि अहिलेको निर्वाचन क्षेत्रमा केही भूभाग नयाँ छन्। साविकको तान्सेन नगरपालिका र २१ वटा गाविस उनका लागि नयाँ ठाउँ हो। साविक क्षेत्र नम्बर २ मा रहेका १४ गाविस भने अहिले पनि उनीसँगै छ।

पाण्डे भन्दा पहिले २०४८ मै सांसद पड्काएका थिए हरिप्रसाद नेपालले। २०५१ र २०६४ मा भने उनी पराजित भए। ०५६ मा टिकट नै पाएनन्। नेपालले शिक्षक र सरकारको उपसचिव भएर पनि काम गरे। तर बहुदलीय व्यवस्थाको पक्षमा बीपी कोइरालाले आह्वान गरेपछि उनी जागिर र विद्यावारिधिको तयारी छोडेर २०३६ सालको आन्दोलनमा होमिए। २ पटक सांसद भइसकेका हरिप्रसाद नेपाल ह्याट्रिक गर्ने दाउका साथ मैदान उत्रिएका छन्। हरि नेपालको लागि तानसेन नगरपालिका सहित अधिकांश भूभाग पहिले आफूले जितेकै क्षेत्र पर्दछ। पुरानो संरचना अनुसारका १४ गाविस नयाँ भूभाग हुन्।

पाल्पा क्षेत्र नम्बर २ मा अहिले तान्सेन नगरपालिकाका ८ नम्बर बाहेकका सबै वडा, तिनाउ गाउँपालिकाको ५ नम्बर बाहेक सबै वडा, बग्नासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका पर्छन्। 

वाम गठबन्धनको प्रभाव
स्थानीय चुनावको नतिजा अनुसार पाल्पा क्षेत्र नम्बर २ मा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन बलियो देखिएको छ।

स्थानीय चुनावमा ५ वटा स्थानीय तहका प्रमुखका उम्मेदवारले पाएको मत अनुसार एमाले र माओवादी केन्द्रको मत ३५ हजार जति हुन आउँछ। कांग्रेसका प्रमुखका उम्मेदवारले कुल २५ हजार जति मत प्राप्त गरेका छन्। तर त्यसमा नयाँ थपिएका मतदाता, वाम तालमेलको प्रभावले कति मत तलमाथि पर्छ भन्ने कुरामा धेरैको चासो छ।

एमालेले उम्मेदवार पाण्डे पाल्पा २ आफ्ना लागि सहज क्षेत्र ठान्छन्। ‘जिल्लाको पश्चिमी भेग मेरा लागि नयाँ भएपनि मतदाताले विश्वास गर्नेछन्’, उनी भन्छन् ‘वाम गठबन्धनले झन् सहज बनाएको छ।’

कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाल पनि वाम गठबन्धन आफूलाई चुनौति नभएको दावी गर्छन्। ‘यो लोकतान्त्रिक र कम्युनिष्ट शासनबीचको प्रतिस्पर्धा हो, कृतिम गठबन्धन नरुचाउने कार्यकर्ता त्यहीँभित्र छन्, उनीहरुले पनि मलाई भोट दिँदैछन्’, उनले भने, ‘विगतका कामको मूल्याङकनले गरेर फेरि पनि मतदाताले मलाई नै छान्छन् भन्ने विश्वास छ।’

चुनावी मुद्दाः खानेपानी र पहिरो
पाल्पामा क्षेत्र नम्बर २ मा तान्सेनको खानेपानी समस्या, सिद्धबाबा क्षेत्रको सडकमा पहिरो, पर्यटीय विकास उम्मेदका मुख्य चुनावी एजेण्डा हुन्। एमाले उम्मेदवार पाण्डेले चुनाव जितेमा ३ वर्षभित्र खानेपानी, विद्युत र बाटो घाटोको समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

‘तान्सेनको खानेपानी समस्या र सिद्धबाबा क्षेत्रको पहिरोको समाधान मेरो पहिलो प्राथमिकता हुनेछ’, पाण्डेले भने, ‘ऐतिहासिक तान्सेनलाई मौलिक स्वरुपमै नयाँ रुप दिएर पाल्पालाई पर्यटक र शिक्षाको हबको रुपमा विकास गर्नेछु ।’

कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले पनि खानेपानी र सिद्धबाबाको पहिरोको समस्यालाई नै चुनावी एजेण्डा बनाएका छन्।

‘सिद्धबाबा क्षेत्रको पहिरो मेरो पहिलो प्राथमिकतामा पर्नेछ, कालीगण्डकी तान्सेन लिफ्टिङ खानेपानीको काम डेढ वर्षमा पुरा गर्नेछु’, उनले भने ‘तानसेनमा विमानस्थलका लागि अध्ययन भइसकेको छ, निर्माण कार्य अघि बढाउने काममा लाग्नेछु।’










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272945 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top