प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर

कार्तिक १९


राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले प्रदेश नम्बर २ मा मधेसवादी दलले बहुमत प्राप्त गर्ने र मधेसी जनताको सरकार बन्ने दावी गरेका छन्। आइतबार महोत्तरीको जलेश्वरमा आयोजित पत्रकार सम्मेलनको महोत्तरी क्षेत्र नम्बर ३ बाट संघका उम्मेदवार समेत रहेका ठाकुरले मधेसीको बाहुल्यता रहेको क्षेत्रमा मधेसी उम्मेदवारलाई मात्रै भोट हाल्न आग्रह गरे।



‘मधेसमा मधसवादी दल र तिनका नेताहरुलाई मात्र जिताउनु पर्छ र मधेस मधेसीमय बनाउनुपर्छ’, उनले भने, ‘दुई नम्बर प्रदेशमा मधेसी जनताको सरकार बनाएर आफ्नो पहिचान र अस्तित्व कायम गर्नुपर्छ।’

संयोजक ठाकुरले आफू ‘जन्मभूमिले बोलाएपछि’ यस पटक महोत्तरीमा चुनाव लड्न आएको बताए। उनले मतदाताको विशेष आग्रहमा आफू महोत्तरी आएको दावी गरे।

महोत्तरीको पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भने, ‘जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित ग¥यो।’



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865689 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top