रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

माधव नेपाल र ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटी



राजनिति   3 पटक पढिएको        

काठमाडौँ, कार्तिक १९ आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।

माधव नेपाल र ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटी


नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो।

यस्तै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका विभिन्न वडामा पनि वडास्तरीय कमिटी गठन गरिएको छ। निर्वाचन गतिविधिलाई तीव्र बनाएका नेपालले अगुवा कार्यकर्ता भेला र महिला भेलासमेत गरिरहेको स्वकीय सचिव गौतमले बताए।

यस्तै काठमाडौँ क्षेत्र नं ५ बाट एमाले तर्फबाट उम्मेदवार बनेका महासचिव ईश्वर पोखरेलले पनि चुनावी अभियान तीव्र पारेका छन्। वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले विभिन्न भेला र भेटघाटका कार्यक्रम शुरु गरेको उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

पोखरेलको निर्वाचनको प्रचारप्रसार गर्नका लागि एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।रासस










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272947 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top