ओलीले भनेः प्रधानमन्त्री बन्नका लागि वाम गठबन्धन बनाएको होइन /* - - - Script for Auto Navigation - - - */

ओलीले भनेः प्रधानमन्त्री बन्नका लागि वाम गठबन्धन बनाएको होइन

विराटनगर, कार्तिक १६


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुने गरी माओवादी केन्द्रसँग गठबन्धन भन्ने चर्चा गलत भएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहस्ँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले र माओवादीबीचको गठबन्धन कुनै आमुक नेतालाई पद दिलाउनका लागि नभएको बताए।


‘वाम गठबन्धन राष्ट्रियताको संरक्षण र देशको संमृद्धिका लागि हो’, उनले भने, ‘म प्रधानमन्त्री हुने भन्नेबारेमा माओवादीसँग कुनै सहमति भएको छैन।’

अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट आफ्नो मनोनयनपत्र दर्ता गर्न आएका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताए।

उनले विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनुपर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे।

झापा जिल्लाको क्षेत्र नं ३ मा आपूmहरुसँग राप्रपाले सहयोग माग्न आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले सो दललाई सहयोग गर्ने उद्देश्यले वाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी नदिने निर्णय गरेको प्रष्ट पारे।

उनले नेकपा एमाले मुलुकमा लोकतन्त्रको स्थायित्व, शान्ति, सामाजिक सद्भाव कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कहिले पनि हिंसाको पक्षमा नरहेको स्पष्ट पारे।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113823 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top