दिउसो १ बजे उम्मेदवारी दर्ता गर्दै प्रचण्ड /* - - - Script for Auto Navigation - - - */

दिउसो १ बजे उम्मेदवारी दर्ता गर्दै प्रचण्ड

काठमाडौं, कार्तिक १६


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउसो १ बजे चितवन–३ बाट उम्मेदवारी दर्ता गर्ने भएका छन्। उम्मेदवारी दर्ताका लागि उनी सोमवार विहानै गृहजिल्ला पुगेका छन्। प्रचण्डको उम्मेदवारी दर्ताअघि वाम गठबन्धनले प्रचण्डको नेतृत्वमा सभा आयोजना गर्ने भएको छ।



सभाका लागि भरतपुको जिल्ला प्रशासन कार्यालय अगाडिको गेष्टहाउस चौरमा एमाले–माओवादी केन्द्रका नेताकार्यकर्ता जम्मा हुन थालिसकेका छन्।

सभालाई प्रचण्डका अलवा चितवन-१ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डे, चितवन-२ का उम्मेदवार कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका नेता अमिक शेरचन र एमाले नेता काशीनाथ अधिकारीले सम्बोधन गर्नेछन्।

सभापछि प्रचण्ड एमाले–माओवादी केन्द्रको संयुक्त जुलुशको नेतृत्व गर्दै निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्नेछन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108383 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top