मिश्रले गरे काठमाडौं १ बाट मनोनयन दर्ता /* - - - Script for Auto Navigation - - - */

मिश्रले गरे काठमाडौं १ बाट मनोनयन दर्ता

काठमाडौं, कार्तिक १६


वीवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन्। मनोनय दर्ता गर्न मिश्र आफ्ना सहयोगी र कार्यकर्तासहित राष्ट्रिय सभागृह पुगेका थिए। मिश्र झण्डै एक महिनादेखि नै काठमाडौं १ मा चुनावी अभियानमा छन्, जुन क्षेत्रबाट कांग्रेस नेता प्रकाशमान सिंहले पनि उम्मेदवारी दिएका छन्।



मिश्रको प्रस्तावक र समर्थकमा भुपेन्द्रा मल्ल र पुकार ढुङ्गेल रहेका छन्। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहिबार काठमाडौंमा मनोनयन दर्ता गर्ने मिश्र चौथो उम्मेदवार हुन्।

मिश्रसँगै साझा पार्टीका अन्य उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन्। 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1867663 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top