झापा–१ मा विश्वप्रकाश कांग्रेस उम्मेदवार, माओवादीका राम कार्कीसँग पर्ने भो भिडन्त /* - - - Script for Auto Navigation - - - */

झापा–१ मा विश्वप्रकाश कांग्रेस उम्मेदवार, माओवादीका राम कार्कीसँग पर्ने भो भिडन्त

काठमाडौं, कार्तिक १५


नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–१ बाट उम्मेदवार बनाउने भएको छ। कांग्रेस संसदीय समितिको बुधबार बालुवाटारमा बसेको बैठकले शर्मालाई झापा–१ बाट उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य एवं समितिका सदस्य डा. रामशरण महतले जानकारी दिए।



कांग्रेसको निर्णयसँगै युवा नेता शर्मा र वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री राम कार्कीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ।

दोस्रो चरणमा मंसिर २१ मा निर्वाचनमा बाम गठबन्धनले माओवादी केन्द्रका नेता कार्कीलाई झापा १ बाट उम्मेदवार बनाएको छ। माओवादी नेता कार्की दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक कोटामा सांसद बनेका थिए।

कांग्रेसका शर्मा अघिल्लो संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाटै एमालेका उम्मेदवार रविन कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए। कांग्रेसको झापा जिल्ला समितिले प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ मा शर्माको नाममात्रै केन्द्रमा सिफारिस गरेको थियो।

शर्मालाई झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन लडाउने चर्चा चलेको थियो। तर, कांग्रेसले शर्मालाई झापा–१ बाटै उम्मेदवार बनाउने निर्णय गरेको हो। कांग्रेसले झापा ३ बाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई लडाउने यसअघि नै निर्णय गरिसकेको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108391 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top