एमाले छोडेको भोलिपल्टै कांग्रेसबाट पाए मोहनसिंह राठौरले टिकट /* - - - Script for Auto Navigation - - - */

एमाले छोडेको भोलिपल्टै कांग्रेसबाट पाए मोहनसिंह राठौरले टिकट

काठमाडौं, कार्तिक १५


नेकपा एमाले छोडेर कांग्रेस प्रवेश गरेको भोलिपल्टै पूर्वसांसद मोहन सिंह राठोरले प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन्। कांग्रेस संसदीय समितिको बुधबार बसेको बैठकले कांग्रेस प्रवेश गरेका पूर्वसांसद राठोरलाई कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उठाउने निर्णय गरेको समितिका सदस्य डा. रामशरण महतले जानकारी दिए।

राठोर अघिल्लो संविधान सभा निर्वाचनमा एमालेबाट कैलाली क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए। राठोर एमालेकी पूर्वसांसद रवनी चौधरीसँगै कांग्रेसमा प्रवेश गरेका हुन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787671 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top