रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

किन टुङ्गो लाग्न सकेन राजपा नेताहरु लड्ने क्षेत्र?



राजनिति   3 पटक पढिएको        

काठमाडौं, कार्तिक १५ दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म पनि राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका नेताहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र टुङ्ग्याउन सकेको छैन। कांग्रेससँग चुनावी तालमेल हुने नहुने कुराको टुङ्गो लाग्न नसक्नु नै राजपा नेताहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र टुङ्गिन नसक्नुको मुख्य कारण बनेको छ।

किन टुङ्गो लाग्न सकेन राजपा नेताहरु लड्ने क्षेत्र?


दुई संविधान सभा निर्वाचनमा सर्लाही-६ बाट प्रतिस्पर्धा गरेका अध्यक्ष मण्डलका मुख्य नेता महन्थ ठाकुर यस पटक महोत्तरी-३ बाट प्रतिस्पर्धाको योजनामा छन्।

अघिल्लो संविधान सभामा सर्लाही-४ बाट पराजित अर्का नेता राजेन्द्र महतोपनि कांग्रेसको साथ नपाए सर्लाही छाडेर धनुषा–३ मा प्रतिस्पर्धा गर्ने योजना बनाउँदैछन्। 

तर, कांग्रेससँग गठबन्धन हुने नहुने टुङ्गो नलाग्दा महतोको निर्वाचन क्षेत्र यकिन हुन सकेको छैन।

‘कांग्रेसले समर्थन गर्ने भयो भने उहाँ सर्लाही-४ बाट प्रतिस्पर्धा गर्नुहुनेछ’ राजपाका  महामन्त्री मनिषकुमार सुमनले नेपालखबरसँग भने, ‘आज बेलुकीसम्म तालमेल भयो भने भयो, नत्र  धनुषा-३ बाट प्रतिस्पर्धा गर्नु हुनेछ।’

कांग्रेसले समर्थन नगर्दा यसपटकपनि सर्लाही ४ मा पराजयको सम्भावना देखिएपछि महतो धनुषा ३ बाट प्रतिस्पर्धा गर्ने सोचाईमा पुगेका हुन्।

यादव बहुल सो क्षेत्रका धेरैजसो राजपा नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रबाट सो क्षेत्रमा पूर्वमन्त्री रामेश्वर राय यादव उम्मेदवार बन्ने सम्भावना छ।

सर्लाही छाड्ने मनस्थितिमा रहेका महतोले धनुषाको जुन क्षेत्र ताकेका छन् तर त्यहाँ कांग्रेसले बिमलेन्द्र निधिको उम्मेदवारी सार्वजनिक गरिसकेको छ।

स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरपालिका लगायत धनुषामा राजपाले राम्रो प्रदर्शन गरेको छ। धनुषा–३ मा महतो आए भने आफूलाई अप्ठेरोमा पर्ने विश्लेषणका साथ निधि महतोलाई सर्लाहीमा नै रोक्ने कसरतमा छन्।

फोरम–राजपासँग चुनावी गठबन्धन टुट्ने दिशातिर केन्द्रित भएपनि महतोलाई धनुषा–३ मा आउनबाट रोक्न निधिले राजपासँगको तालमेल–वार्तालाई निरन्तरता दिएका छन्।  

अध्यक्ष मण्डलका अन्य नेताहरुमध्ये महेन्द्र राय यादव सर्लाही २ बाट उम्मेदवार बन्ने योजनमा छन् भने शरदसिंह भण्डारीले महोत्तरी २ चाहेका छन्।

राजकिशोर यादव सिरहा ४ बाट प्रतिस्पर्धाको योजनामा छन्। अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाचाहिँ रौतहट १ बाट प्रतिस्पर्धा गर्नेछन्।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271551 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top